Sajhamanch Archive

विर्तामोड नगरपालिकाको सूचना

Published: (Updated: ) in विज्ञापन, स्थानीय तह by .

बिर्तामोड नगरपालिका झापाको कार्यक्रम सञ्चालनको लागि प्रस्ताव आव्हान सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित सूचना मितिः २०७७/०२/२६

बिर्तामोड नगरपालिका पशुपन्छी तथा मत्स्य विकास शाखाको आर्थिक वर्ष २०७६/०७७ को वाषिक स्वीकृत कार्यक्रमअनुसार बिर्तामोड नगरपालिका र सहारा नेपाल साकोस चारपानेको साझेदारीमा सञ्चालन हुने मासु पसल सुधार कार्यक्रम (संख्याः २० वटा) सञ्चालनका लागि यो सूचाना प्रकाशन गरिएको छ । इच्छुक व्यक्ति/समूह/सहकारी तथा मासु पसल व्यवसायीहरुले सूचना प्रकाशन भएको मितिले १५ दिन (२०७७/०३/०८ गते) भित्र कार्यालय समयमा उपस्थित भई रितपूर्वक प्रस्ताव पेश गर्नुहुन अनुरोध छ ।

नोट : गाउँस्तरका बजार र चोकलाई वढी प्राथमिकता दिइनेछ ।

आवश्यक कागजातहरुः

१. सूचना बमोजिमको निवेदन १ थान
२. नगरिकताको फोटोकपी १ थान
३. व्यवसाय दर्ता भएमा प्रमाणपत्रको प्रतिलिपी १ थान
४. घरभाडा/सटर भाडाको कम्तिमा १० वर्षको सम्झौता पत्रको प्रतिलिपी १ थान
५. वडा कार्यालयको सिफारिस १ थान

विस्तृत जानकारीका लागिः कार्यालयको फोन ०२३–५४६६७३ मा सम्पर्क गर्नुहुन अनुरोध छ ।

(पशुपति खतिबडा) 

प्रमुख प्रशासकीय अधिकृत

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *