Sajhamanch Archive

लकडाउनको पूरै अवधि सहारा नेपालको वित्तीय सेवा निरन्तर (भिडियो रिपोर्टसहित)

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, समाज, सहकारी by .

झापा । कोरोना संक्रमणको सन्त्रासका कारण सरकारले गरेको लकडाउनको अवधिमा पनि सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले विभिन्न स्वरुपमा सदस्यसँग ‘टच’ हुने रचनात्मक कार्यक्रम सम्पादन गरेको छ ।

सदस्य र समुदायका लागि रचनात्मक काम गर्दै आएको संस्थाले अन्य बैंक तथा वित्तीय संस्था नखुलेको अवस्थामा पनि आफ्ना ६५ वटै शाखाबाट निक्षेप फिर्ता तथा रेमिटेयान्सको भुक्तानी निरन्तर गरेको उपनिर्देशक लक्ष्मण खतिवडा बताउन्छन् ।

लकडाउन सुरु भएको केही दिनमा नै सदस्यलाई निर्ब्याजी सापटी प्रदान गर्न थालिएको थियो भने वैशाख लागेपछि नयाँवर्षको करिब एक लाख थान क्यालेण्डर सदस्यका घरमा पुर्याइएको उपनिर्देशक खतिवडाको भनाई छ ।

संस्था रजत वर्षमा प्रवेश गरेको अवसरमा न्यून आय भएका सहाराका सदस्यहरुलाई दुई महिनाका लागि पाँच हजार रुपैयाँसम्म निब्र्याजी सापटी दिने निर्णयले पाँच हजार ७०० जना लाभान्वित भएको पनि जनाइएको छ ।

संस्थाका सबै कार्यालयलाई अधिकतम् १० लाख रुपैयाँसम्म यस्तो सापटी प्रदान गर्न पाउने अवसर दिइएको थियो । सापटीस्वरुप दुई करोड ८६ लाख रुपैयाँ प्रवाह गरिएको उपनिर्देशक खतिवडाले बताए ।

संस्थाले बिर्तामोड नगरपालिकासँगको सहकार्यमा यही बीचमा भकारो सुधार कार्यक्रम सञ्चालन गरी करिव ५० किसान परिवारको बाख्रा र गाईको गोठ पनि ब्यवस्थापन गरिएको छ ।

यस्तै आफ्ना सदस्यहरुले सागसब्जी किन्न झोला बोकेर बजार डुल्न नपरोस्, कम्तीमा तरकारीमा आत्मनिर्भर बनाउन सकियोस् भन्ने ध्येयले मौषमी, बेमौषमी तरकारी खेतीमा प्रोत्साहित गर्न संस्थाले तीन महिनाको अवधिमा २०० वटा टनेल निशुल्क प्रदान गरेको उपनिर्देशक खतिवडा बताउँछन् ।

सहारा नेपालले आफ्नो कार्यक्षेत्र भित्रका स्थानीय तहहरु र ह्याविटाट फर ह्युमानिटीसँगको सहकार्यमा गरिवका लागि आवास निर्माण गर्ने कार्य पनि यो अवधिमा निरन्तर चलेको थियो । संस्थाले विगत वर्षदेखि कै कार्यक्रम अनुसार बिर्तामोड नगरपालिका, झापा गाउँपालिका र बेलबारी नगरपालिकामा यस्ता ६०० वटा घर निर्माण कार्यलाई अन्तिम चरणमा पुर्याएको हो ।

यसरी नै कोभिड–१९ संक्रमणको आशंकामा प्रदेश १ भरका क्वारेन्टाइन र अस्पतालका आइसोलेसनमा बस्नुपर्ने व्यक्तिहरुका लागि आवश्यक खाद्यान्न सहारा कर्मचारी मानवीय सहायता कोषबाट प्रदान गरिँदै आएको छ ।

संस्थामा कार्यरत कर्मचारीहरुले स्थापना गरेको कोषबाट २० लाख रुपैयाँ र संस्थाको रजत वर्षको अवसरमा ५० लाख रुपैयाँ निकासा गरी विपन्न परिवारलाई खाद्यान्न सहयोग एवम् स्वास्थ्यकर्मीहरुका लागि सुरक्षा कवच (पिपिई) खरिद गरी प्रदान गरिएको उपनिर्देशक लक्ष्मण खतिवडा बताउनु हुन्छ । उहाँका अनुसार संस्थाको कार्यक्षेत्रभित्रका ७० वटै स्थानीय तहको कोरोना कोषलाई सहाराले आर्थिक सहयोग गरेको छ ।

पछिल्लो समय सामाजिक सेवा क्षेत्रमा लोकप्रिय बनेको एकका लागि एक कार्यक्रमको संयोजन पनि सहारा नेपालले नै गरिरहेको छ । यसरी हेर्दा लकडाउनको असहज परिस्थितिले सहारा र समुदायसँग जोडिएको नातालाई थप कसिलो बनाइ दिएको पाइन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *