Sajhamanch Archive

कनकाई नगरक्षेत्र आजदेखि ७ दिन सिल

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

कनकाई । कोरोना भाइरस संक्रमण देखिएका एकजनाको समुदायमा पनि सम्पर्क देखिएकाले आजदेखि कनकाई नगरपालिका सील गरिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद न्यौपानेले संक्रमित व्यक्तिको कन्ट्रयाक ट्रेसिङ गर्नुपर्ने भएकाले जोखिम व्यवस्थापनका लागि सात दिनका लागि नगरक्षेत्र बन्द गर्ने निर्णय गरिएको बताए ।

नगरपालिकाले सार्वजनिक सूचना जारी गरी असार १३ गतेसम्म बजार कलकारखाना र सम्पूर्ण बैक तथा वित्तीय संस्था बन्द गर्ने निर्णय गरेको छ ।

नगरपालिकाको निर्णयको बर्खिलाप हुने गरी पसल तथा बजार खोलेमा वा हिँडडुल गरेमा कार्बाही गर्ने अधिकृत न्यौपानेले जानकारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *