झापाको शिवसताक्षीमा थपिए कोरोना संक्रमित
Published: (Updated: )
by .शिवसताक्षी । यहाँस्थित झर्ना प्राविको क्वारेन्टिनमा राखिएका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
असार ८ गते भारतको चेन्नईबाट नेपाल आएका ४१ वर्षीय ती पुरुषको सोही दिन स्वाब संकलन गरी परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला बिराटनगर पठाइएको थियो ।
ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि क्वारेन्टिनबाट उपचारका लागि अस्पताल÷आइसोलेसनमा लैजाने कुरा भइरहेपनि समाचार तयार पार्दासम्म कहाँ लैजाने भन्ने टुङ्गो नभइसकेको जनाइएको छ ।
Comments