Sajhamanch Archive

कर्णालीका चार सदस्यलाई सिलाई मेसिन हस्तान्तरण

Published: in अर्थतन्त्र, समाज, सहकारी by .

बिर्तामोड । यहाँस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आफ्ना चारजना सदस्यको जीविकोपार्जनमा सहयोग पुर्याउन सिलाई मेसिन प्रदान गरेको छ । संस्थाको कार्यालयमा आज आयोजित विशेष कार्यक्रमका बीच विपन्न समुदायका युवालाई सिलाई मेसिन प्रदान गरिएको हो ।

क्यान्सर सम्बन्धी स्वास्थ्य सचेतना बढाउन सांसद कोषबाट प्राप्त ५० हजार रुपैयाँमा संस्थाले रकम थप गरी सदस्यलाई सिलाई मेसिन प्रदान गरेको हो । संस्थाका सचिव भूपाल बस्नेतको अध्यक्षतामा सञ्चालित गंगामाया तथा नरबहादुर बस्नेत क्यान्सर पीडित सहयोग संस्थामार्फत् सचेतना कार्यक्रम गर्न प्रदेशसभाका सदस्य ओमप्रकाश सरावगीले ५० हजार रुपैयाँ प्रदान गरेका थिए । तर यो वर्ष कोरोनाको महामारीका कारण समूहमा कार्यक्रम गर्न सम्भव नभएकाले यस प्रकृतिको सेवा कार्य गर्नुपरेको जनाइएको छ ।

कर्णाली साकोसले आयोजना गरेको मेसिन हस्तान्तरण कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य सरावगीले भौतिक विकासका साथै जनचेतनामा पनि समानस्तरबाट प्रगति हुँदै जानुपर्ने बताए । मेसिन प्राप्त गर्ने दलित तथा विपन्न समुदायका युवाले जीविकोपार्जनका लागि आफ्नो सीप र श्रम लगाउनु पर्ने उनको सुझाव छ ।

कर्णाली साकोसका अध्यक्ष टिएस प्रधानको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली कांग्रेस ३ नं. क्षेत्रीय सभापति गणेश पोखरेल, नागबेली लघुवित्त वित्तीय संस्थभक कार्यकारी प्रमुख कुमार याक्सो, संस्थाका उपाध्यक्ष इश्वरीप्रसाद खरेलले आफ्ना धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन कर्णालीका सचिव भुपाल बस्नेतले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *