सतीप्रथा उल्मुलनको सतवार्षिकीमा चन्द्रगढीमा दीप प्रज्वलन
Published:
by .भद्रपुर । नेपालमा सतीप्रथा उल्मुलनको सय वर्षको अवसर पारेर झापाको चन्द्रगढीमा दीप प्रज्वलन गरिएको छ । मानव अधिकारका लागि महिला एकल महिला झापाको अगुवाइमा चन्द्रगढीस्थित लेखनाथ चौकमा दीप प्रज्वलन गरिएको हो ।
एकल महिला झापाका अध्यक्ष रेखा अधिकारीको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल महिला संघकी केन्द्रीय सदस्य गोमा भट्टराई, भद्रपुर नगर कार्यपालिका सदस्य मित्रा भट्टराई लगायतले मन्तव्य राखेका थिए ।
उनीहरुले सय वर्ष अघि चन्द्र शमशेरले महिलाको बाँच्न पाउने अधिकारको सम्मान गर्दै सतीप्रथा अन्त्य गराएको भए पनि विभिन्न बाहनामा महिला हिंसा र हत्या रोकिन नसकेकोले महिला अधिकार रक्षाका लागि सचेत हुनुपर्ने धारणा राखेका थिए ।
Comments