कमल गाउँपालिकाका सातवटै वडामा आधारभूत स्वस्थ्य केन्द्र सञ्चालनमा
Published:
by .कमल । झापाको कमल गाउँपालिकाका सातवटै वडाबाट आधारभूत स्वस्थ्य उपचार सेवा सुरु भएको छ । सबै वडामा आधारभूत स्वस्थ्य सेवा केन्द्र स्थापना गरी स्वस्थ्य उपचार सेवा प्रवाह गर्न सुरु गरिएको हो ।
जनतालाई सहज र सुलभ रुपमा स्वस्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सबै वडामा आधारभूत स्वस्थ्य सेवा केन्द्र स्थापना गरी सेवा प्रवाह थालिएको गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताएकी छन् ।
‘सबै वडामा आफ्नै भवन छैनन् । तर घर भाडामा लिएर भए पनि आधारभूत स्वस्थ्य सेवा केन्द्र सञ्चालन गरी जनतालाई सेवा दिन लागिपरेका छौं’ अध्यक्ष काफ्लेका भनाई छ ।
चालू आर्थिक वर्षको अन्त्यसम्ममा आफ्नै भवनबाट स्वस्थ्य सेवा दिने गरी काम गरिरहेको समेत अध्यक्ष काफ्लेले बताइन् ।
Comments