Sajhamanch Archive

कमला मदन आश्रित मावि नमूना विद्यालयमा पर्यो

Published: in लोकप्रिय, शिक्षा, समाज by .

कमल । झापाको कमल गाउँपालिका वडा नं. २ मा रहेको कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयलाई सरकारले नमूना विकासका लागि छानौट गरेको छ । देशभरका १०० वटा विद्यालयलाई यस आर्थिक वर्षमा सरकारले नमूना विकासका लागि छनोट गरेको हो ।

विद्यालयका प्रधानाध्यापक हिमप्रसाद दाहालले शिक्षा मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्र अन्तर्गतको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले देशभरबाट १०० वटा नमूना विद्यालय छनोट गर्दा आफ्नो विद्यालय पनि परेको जानकारी दिए ।

विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले नमूना विद्यालयमा हुनुपर्ने मापदण्ड दिएर गत असोजमा सूचना प्रकाशन गरी निवेदन आव्हान गरेको थियो । नमूना विद्यालय विकास एवम् सञ्चालन निर्देशिका २०७४ (पहिलो संशोधन २०७५ सहित) अनुसार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय (मन्त्रीस्तर) को अस्ति असार ३१ गतेको निर्णयबाट आवेदकहरु मध्येबाट कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयलाई पनि छनोट गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *