सविता र मुनालाई चाहियो रे महादेवजस्तै पोइ !! (भिडियोसहित)
Published:
by .बिर्तामोड । हिन्दू नारीहरूको मौलिक पर्व हरितालिका अर्थात् तीज नजिकिंदै छ । माइतीमा जाने, राम्रो लगाउने, मीठो मसिनो खाने र गीत संगीतमा रमेर दुःख बिर्सने तीजको मौलिक परम्परा हो ।
तीज नजिकिएसँगै अहिले बजारमा तीजका गीतहरू र म्यूजिक भिडियोहरु सार्वजनिक भइरहेका छन् । यही भीडमा आरवी थापाको शब्द संगीतमा सम्झना पाण्डेको स्वरमा ‘होई शिवजी होई होई मलाई पनि मिलाइदेउ महादेव तिमीजस्तो पोई’ म्यूजिक भिडिया सार्वजनिक भएको छ ।
क्षितिज नाट्य समूह झापाको प्रस्तुति रहेको गीतको म्यूजिक भिडियो ओएसआर डिजिटल युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । गीतको मुख्य भूमिकामा सविता रेग्मी र मुना प्रसाईंले अभिनय गरेका छन् । गीतमा अविवाहित महिलाले महादेवजस्तै सुयोग्य वर पाउनका लागि तीजको ब्रत बस्ने गरेको चलनलाई चित्रण गरिएको छ ।
विशेषतः तीजमा विवाहित महिलाले श्रीमान्को अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, पतिको दीर्घायुको कामनाका लागि तीज ब्रत बस्ने गरेको भएपनि अविवाहित महिलाले महादेवजस्तै सुयोग्य वर पाउनका लागि तीजको ब्रत बस्ने शास्त्रीय मान्यता रहेको र त्यसैलाई आत्मसात गर्न गीतमार्फत् आव्हान गरिएको छ । गीतले सामाजिक चेतना जगाउने र गीतमा प्रयोग गरिएको ठेट नेपाली शब्दले नेपाली समाजको यथार्थ चित्रण गरेको छ ।
म्यूजिक भिडियो
Comments