लकडाउनमा पनि हाम्रो नेपाल साकोसको कारोबार उत्साहजनक
Published: (Updated: )
by .बिर्तामोड । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीले सहकारी क्षेत्रसमेत अत्यन्तै कठिन परिस्थितिबाट गुज्रिरहेको भएपनि यहाँस्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले वित्तीय सन्तुलन कायम गर्न सफल भएको जनाएको छ ।
संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालले शनिबार प्रेस विज्ञप्ती प्रकाशन गरी लकडाउन अवधि २०७६ चैतदेखि २०७७ असारसम्म सदस्यले लिएको ऋणको पाकेको ब्याजमा १० प्रतिशत छुट गरेर सदस्यप्रतिको उत्तरदायित्व पनि बहन गरिएको जनाएका छन् । यस्तै, समयमा ऋणको साँवा ब्याज नबुझउँदा लाग्ने हर्जाना मिनाहा गरिएको थियो भने ऋणी सदस्यलाई स्वेच्छिक किस्ता तिर्ने व्यावस्था मिलाइएको उल्लेख छ ।
बन्दाबन्दीको समयमा पनि हाम्रो नेपाल साकोसले सदस्यहरुलाई मद्धत पुगोस् भनेर शून्य प्रतिशत ब्याजमा कर्जाको व्यावस्था, स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन, खाद्यान्न सामग्री वितरण तथा पालिकाहरुलाई आर्थिक सहयोग हस्तान्तरण गरेर सामाजिक उत्तरदायित्व पनि बहन गरेको जनाइएको छ ।
हाम्रो नेपाल साकोसले नेपाल सरकारको विपत व्यावस्थापन कोषलाई आर्थिक सहयोग गरेको छ भने झापामै जनस्तरबाट स्थापना गर्न लागिएको पिसिआर मेसिन खरिदमा सहयोग पुर्याएको अध्यक्ष दंगालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । संस्थाले आफ्ना कर्मचारीहरुको कोरोना बीमा, सदस्यहरुको कोरोना बीमा, हप्ताको ६ दिन नियमित कार्यालय सञ्चालन र विपत व्यावस्थापन सहयोगजस्ता कार्यहरु गरेर सहकारी अभियानमा आफूलाई फरक सावित गरेको छ ।
यसैबीच, प्रतिकूल परिस्थितिका बावजुत संस्थाले आर्थिक वर्ष २०७६/०७७ को समाप्ती सहज र अनुकूल ढङ्गले पार गरेको पनि जानकारी गराएको छ । संस्थाको वित्तीय अवस्था अत्यन्तै सकारात्मक रहेको पनि विज्ञप्तीमार्फत् जानकारी गराइएको छ ।
Comments