Sajhamanch Archive

कमल गाउँपालिकामा विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न

Published: in समाज, स्थानीय तह by .

कमल । वर्षात्का कारण हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्ने र बाढीबाट विस्थापित भएका जनतालाई तत्काल उद्धार गरी सुरक्षित स्थानका आश्रयस्थल बनाएर राख्ने विषयमा आज कमल गाउँपालिका स्तरीय विपद् व्यस्थापन समितिको पूर्व तयारी बैठक सम्पन्न भएको छ ।

बैठकमा बाढीबाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न र बाढीबाट विस्थापित जनतालाई तुरुन्त उद्धार गरी सुरक्षित स्थानमा राख्ने विषयमा कसरी पूर्व तयारी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको गाउँकालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जनाएका छन् ।

बैठकमा बाढीबाट क्षति हुनसक्ने संभावित क्षेत्रको पहिचान गर्ने, आवश्यक औषधी, खाद्यान्न सामग्री, उद्वार सामग्रीको व्यवस्था गर्ने लगायतका सामग्रीको व्यवस्था गर्ने, जनतालाई सुसूचित गर्ने, सूचना केन्द्र स्थापना गर्नेजस्ता निर्णय भएको छ ।

गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बाढीबाट क्षति हुने सम्भावित क्षेत्र अन्तरगत पूर्वमा कमल खोलाले सानु केर्खा, बोहोरा टोल, सुनारा सरङ्गपाडा र पश्चिममा रतुवा खोलाले सिम्ले, खयरबारी, झर्का लगायतका गाउँबस्तीलाई धेरै क्षति गर्ने भएकोले त्यस ठाउँका जनतालाई सुरक्षित रहन सूचना गर्ने निर्णय भएको जानकारी दिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *