Sajhamanch Archive

नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड– २०२० का लागि आवेदन फारम खुल्ला

Published: in गीत/संगीत/मनोरञ्जन by .

काठमाडौँ । नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड– २०२० हुने भएको छ। कोभिड– १९ तथा लकडाउनले गर्दा सुस्ताएको नेपाली सांगीतिक क्षेत्रलाई चलायमान बनाउन र सांगीतिक क्षेत्रमा नयाँ आयाम थप्नको लागि अवार्डको आयोजना गरिएको जनाइएको छ ।

कला, संस्कृति र सांगीतिक क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गर्ने उद्देश्यले संगीतका विभिन्न विधातर्फ नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड– २०२० गरिने भएको हो । सो अवार्ड कार्यक्रम २०७७ भदौभित्र काठमाडौँमा गरिने आयोजक कमिटीले जनाएको छ ।

अवार्डमा सहभागिताका लागि यस्ता छन् नियमहरुः

म्यूजिक अवार्ड आवदनको लागि दर्ता फारम खुलेको र भदौ १५ गतेसम्म फारम भर्ने म्याद रहेको छ । जसका लागि २०७६ असोज देखि २०७७ भदौसम्मका गीत संगीतहरुलाई समावेश गरिने भएको छ भने नवप्रतिभाको हकमा २०७६ भित्र गीत निकालेको हुनु पर्नेछ ।

क्रियटिभ इन्साइट मिडियाको प्रस्तुतिमा हुन लागेको अवार्डलाई शुभकामना मिडिया सोलुसन प्रालिले ब्यवस्थापन गर्ने भएको छ। सञ्चारकर्मी सूर्य चन्दका अनुसार उत्कृष्ट नवप्रतिभा, रचनाकार, लोक तथा दोहोरी गायक–गायिका, पर्व विशेष गीत (तीज, दशैँ तिहार, होली) भजन, पप र आधुनिक गायक–गायिका, म्यूजिक भिडियो, आर्ट तथा सांस्कृतिक लगायत विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ  ।

अवार्डमा समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरुलाई सम्मान गरिने चन्दले जनाएका छन् भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *