Sajhamanch Archive

किच्चकबधमा आजदेखि पार्क सञ्चालनमा

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by .

भद्रपुर । भद्रपुर नगरपालिका वडा नम्बर २ र ३ मा अवस्थित धार्मिक, एतिहासिक, पुरात्वतिक एवम् पर्यटकिय क्षेत्र किच्कवधमा पार्कको उद्घाटन गरिएको छ ।

झापा क्षेत्र नम्बर ३ का प्रदेशसभा सदस्य बसन्त बानियाँले एक समारोहका बीच पार्कको उद्घाटन गरेका हुन् । २०७६ चैत १० गते शिलान्यास गरिएको पार्कको निर्माण कार्य सम्पन भएपछि उद्घाटन गरिएको हो ।

सो पार्कमा फनपार्क, चिल्ड्रेन पार्क, विद्युतिय रेल, आधुनिक शौचालय, पर्यटकहरुका लागि पवित्र पैदल मार्ग निर्माण गरिएको छ । गत आर्थिक वर्षमा प्रदेश सरकारबाट विनियोजित ८५ लाख रुपैयाँको बजेटबाट पार्क निर्माण कार्य सम्पन्न गरिएको निर्माण समितिले जनाएको छ ।

किच्चकवध संरक्षण समितिका अध्यक्ष दिलबहादुर थेबेको अध्यक्षतामा आज विशेष कार्यक्रम गरी पार्कको उद्घाटन गरिएको हो । सो कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रा श्रेष्ठ, नेकपा नेता असारु राजवंशी, कार्यपालिका सदस्य कौशल्या अधिकारी, वडा अध्यक्षहरु एवम् स्थानीयबासीको सहभागिता रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *