नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. झापाको परीक्षाफल प्रकाशन सम्बन्धी सूचना
Published:
by .असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC COOP
प्रधान कार्यालय : मेचीनगर–६, काँकरभिट्टाको
परीक्षाको अन्तिम नतिजा प्रकाशन गरिएको सूचना
मिति :२०७७।४।१८
संस्था अन्तर्गतको सहकारी पसल व्यवसाय अन्तर्गत विभिन्न सहकारी पसलका लागि निम्न बमोजिमको कर्मचारीको आवश्यकता सम्बन्धी विज्ञापन नं. २ (कार्यालय सहयोगी सातौँ) र विज्ञापन नं. ४ (कोपसप सहयोगी दोस्रो) को मिति २०७७।४।१७ गते शनिबार प्रयोगात्मक तथा मौखिक परीक्षा सम्पन्न भई तपसिल अनुसारको अन्तिम नतिजा प्रकाशित गरिएको सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएकोछ ।
तपसिल
पुनश्च :
(१) उत्तीर्ण परीक्षार्थीले यही मिति २०७७ साउन २० गते मङ्गलबारभित्र सम्बन्धित कार्यालयमा सम्पर्क गर्नुपर्नेछ ।
(२) मिति २०७७ साउन २५ गते आइतबारभित्र संस्थाले तोकेअनुसार धितो धरौटी सम्बन्धी प्रक्रिया पूरा गरिसक्नु पर्नेछ ।
(३) परीक्षामा उत्तीर्ण भई सम्पूर्ण प्रक्रिया पूरा गरेका परीक्षार्थीहरुलाई २०७७ साउन २६ गतेदेखि भदौ १० गतेसम्म तोकिएको सहकारी पसलमा कार्यगत तालिम On the job training का लागि पठाइनेछ ।
(४) कार्यगत तालिम पूरा गरेका उत्तीर्ण आवेदकहरुसँग मिति २०७७ भदौ ११ गतेदेखि लागू हुनेगरी करार सेवामा रोजगार सम्झौता गरिनेछ ।
(५) तोकिएको अवधिभित्र उत्तीर्ण उम्मेद्वार सम्पर्कमा नआएमा वैकल्पिक उम्मेद्वारलाई अवसर प्रदान गरिनेछ ।
(६) संस्थाको आवश्यकताको आधारमा वैकल्पिक सूची र प्रतिक्षा सूचीमा रहेका आवेदकहरुलाई क्रमशः अवसर प्रदान गरिनेछ ।
(७) परीक्षामा उत्तीर्ण भई सम्पूर्ण प्रक्रिया पूरा गरेका परिक्षार्थीहरुले रोजगार सम्झौताका लागि कर्पोरेट कार्यालय मानव संसाधन विभाग, मेचीनगर–६, काँकरभिट्टामा नियुक्तिका लागि आउँदा आफ्नो व्यक्तिगत पान कार्ड (PPAN), ब्लड ग्रुप (Blood Group) को कार्ड, निरोगिताको प्रमाण, विवाहित भए विवाह दर्ताको प्रमाणको कागजातसमेत पेस गर्नुपर्नेछ ।
थप जानकारीका लागि सम्पर्क : ९८५२६८९४१६
Comments