Sajhamanch Archive

इलामको सन्दकपुर गाउँपालिका र आइतबारे बजार सिल

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by .

सन्दकपुर (इलाम) । इलाम जिल्लाको सन्दकपुर गाउँपालिका स्थित पञ्चकन्या हाइड्रोपावरको मर्मत सम्भारमा खटिएका ११ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आज रातिदेखि एक हप्ताका लागि गाउँपालिका सिल गरिएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकले गाउँपालिका सिल गर्ने निर्णय गरेको अध्यक्ष उदयबहादुर राईले बताए । वडा नं २ र ४ को सिमानामा पर्ने माइखोलामा रहेको हाइड्रो पावरमा मर्मतका लागि कर्मचारीहरु २ हप्ताका लागि सन्दकपुर आएका थिए। उनीहरु मावुस्थित तीनकुनेमा रहेको होटलमा ६ दिन बसेर काठमाडौं फकिएका सन्दकपुर गाउँपालिकाले जनाएको छ।

पिसिआर टेस्टका क्रममा सबैमा कोरोना देखिएपछि समुदायमा फैलन नदिन साउन २२ गते राती १२ बजेबाट अर्को निर्णय नभएसम्म सिल गरिएको गाउँपालिका अध्यक्ष राईले जानकारी दिए। गाउँपालिकाले अन्तर स्थानीय तह, वडाहरु जोडने सीमानाका सिल गर्नुका साथै हाटबजार, बजार क्षेत्र सरकारी तथा गैर सरकारी कार्यालयहरु, यातायात र शैक्षिक संस्था बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत महेश राईले बताए ।

त्यसैगरी सूर्योदय नगरपालिका–११ आइतबारेका ३३ वर्षीय सशस्त्र प्रहरीमा कोरोना देखिएपछि बजार क्षेत्र सिल गरिएको छ । नगरपालिकाकाले कोरोनाको जोखिम न्यूनीकरणका लागि आजबाट लागु हुने गरी सबै क्षेत्रमा लकडाउनसमेत लगाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *