Sajhamanch Archive

लकडाउनको तीज कस्तो हुन्छ होला ! हेर्नुहोस् म्यूजिक भिडियो

Published: in गीत/संगीत/मनोरञ्जन by .

तीज गीतहरुको नेपाली सांगीतिक बजारमा छुट्टै प्रकारको चर्चा हुने गरेको छ । तीजका गीतहरुले मौलिकता भुलेको, अश्लिल भाषा शैलीको प्रयोग भएको, ३–४ महिना अगाडि देखिनै गीत युट्युव तथा अन्य सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोप लाग्ने गरेको छ। र, यो वर्ष पनि हिन्दू नारीहरुको विशेष पर्व तीज आउन अझै केही दिन बाँकी छ ।

कोरना कहरले सार्वजनिक रुपमा तीज मनाउन नसकिने अवस्था छ । तर पनि घरमै गीत संगीत सुनेर मनोरंजन होस् भन्ने सोच बनाएर कलाकारहरुले तीजका विभिन्न गीत सार्वजनिक गरिरहेका छन् । यसै मेसोमा गीतकार तथा संगीतकार मनोज सिग्देल युरेशले तीज कोशेली ‘लकडाउनको तीज’ सम्बन्धी म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।

सो गीतमा मनोज सिग्देलको शब्द रहेको छ भने स्वर विनय कार्की र कविता श्रेष्ठको छ। संगीत संयोजन स्वयम् गायक विनय कार्कीले गरेका हुन् । स्टुडियो भर्सनमा निर्माण गरिएको भिडियोमा विनय कार्की र कविता श्रेष्ठ फ़िचर्ड छन्। भिडियोमा जनकराज अधिकारीको छायांकन र प्रेम शर्मा पौडेलको सम्पादन रहेको छ ।

२०६५ सालदेखि निरन्तर संगीत क्षेत्रमा संघर्ष गर्दै अघि बढिरहेका गीतकार सिग्देलले हालसम्म ८ वटा गीत सार्वजनिक गरिसकेका छन् । सम्पूर्ण नेपाली नारीहरुलाई यसै गीत मार्फत शुभकामना दिँदै सिग्देलले सुरक्षित तरिकाले तीज मनाउन अनुरोध पनि गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *