नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)मा एकजना कम्प्युटर प्राविधिक चाहियो
Published: (Updated: )
by .असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टाको
कर्मचारी आवश्यकता
प्रथमपटक प्रकाशित मिति : २०७७ / ४ / २५
संस्थाका लागि तपसिल अनुसारको कर्मचारी आवश्यक रहेको हुँदा इच्छुक नेपाली नागरिकबाट निवेदन आह्वान गरिन्छ ।
विज्ञापन नं. : ६ (२०७७/०७८)
पद : कार्यालय सहायक तेस्रो (कम्प्युटर प्राविधिक)
संख्या : १ (एक) जना
सेवाको प्रकृति : करार सेवा
करार अवधि : २ (दुई) वर्ष
तलब स्केल : १७,७००।– (सत्र हजार सात सय)
प्राविधिक भत्ता : ५,०००।– (पाँच हजार)
न्यूनतम शैक्षिक योग्यता : एसईई वा सोसरह
कम्प्युटर दक्षता : ग्राफिक्स डिजाइनमा डिप्लोमा कोर्ष पूरा गरेको
कामको प्रकृति : डेस्कटप डिजाइन, ग्राफिक्स डिजाइन तथा वेबसाइट अद्यावधिक
उमेर : १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको
परीक्षाको किसिम : लिखित, प्रयोगात्मक र अन्तर्वार्ता
निवेदन दस्तुर : रु. ३००।– (तीन सय)
अन्य :
१. आवेदकले संस्थाले तोकेको दरखास्त फारम, आवश्यक कागजातको प्रतिलिपि, ३ प्रति पासपोर्ट साइजको फोटो र व्यक्तिगत विवरण (Biodata) सहित हस्तलिखित निवेदन संस्थाको प्रधान कार्यालय, मेचीनगर–६, काँकरभिट्टामा बुझाउनु पर्नेछ । दरखास्त फारम संस्थाको वेबसाइट www.nmc.coop.np बाट प्राप्त गर्न सकिनेछ । आवेदकले आफ्नो व्यक्तिगत विवरण, पासपोर्ट साइज फोटो र कागजातको स्क्यानकपी संस्थाको [email protected] मा इमेल गर्नु पर्नेछ ।
२. नेपाली भाषा र वर्णविन्यासमा दखलसहित Nepali Typing, Photoshop, Pagemaker, Coreldraw, Indesign राम्रोसँग चलाउन जान्ने आवेदकलाई प्राथमिकता दिइनेछ ।
३. विदेशबाट शैक्षिक योग्यता हासिल गरेको भए समकक्षताको प्रमाणपत्र अनिवार्य पेस गर्नु पर्नेछ ।
४. आवेदकको उमेरको हकमा आवेदन भर्ने अन्तिम मितिलाई आधार मानिने छ ।
५) आवेदन शुल्क संस्थाको प्रधान कार्यालयको बचत हि.नं. 99-58-00000021, NMC-COOP CORPORATE OFFICE को नाममा नगद जम्मा वा ब्यालेन्स ट्रान्सफर गरेको भौचर आवेदन फाइलमा अनिवार्य समावेश गर्नुपर्नेछ ।
६. अन्तिम छनोटमा परेका आवेदकले संस्थाले तोकेअनुसारको धितो धरौटीको व्यवस्था गर्नुपर्नेछ ।
७. संस्थाको कर्पाेरेट मानव संसाधन व्यवस्थापन सम्बन्धी कार्यविधि २०७६ (संशोधन २०७७) बमोजिम सञ्चय कोष, ग्रेड, उपदान, साधारण भत्ता, बोनस र सञ्चिती बिदा लगायतका अतिरिक्त सुविधा प्रदान गरिनेछ । साथै रु. ७ लाखसम्मको कर्मचारी दुर्घटना बीमा संस्थाको तर्फबाट गरिनेछ ।
८. आवेदन दर्ता गर्ने अन्तिम मिति २०७७ भदौ ७ गते आइतबार कार्यालय समयसम्म तोकिएको छ ।
९. सम्पर्क मिति २०७७ भदौ ९ गते मंगलबार हुनेछ र सोही मितिमा परीक्षा एवम् पाठ्यक्रम सम्बन्धी जानकारी संस्थाको वेबसाइट, फेसबुक पेज र बैङ्किङ कार्यालयहरूको सूचनापाटी मार्फत सार्वजनिक गरिनेछ ।
एनएमसी सेवा आयोग
आफ्नो योग्यता र क्षमताप्रति आफैँलाई विश्वास नहुने आवेदकले मात्र सिफारिस र भनसुनको सहारा लिन्छन् ।
Comments