एनएमसीका लागि मसलन्द सामग्री छपाई तथा स्टेशनरी खरिद सम्बन्धी कोटेसन आह्वान
Published:
by .असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
कर्पाेरेट कार्यालय : मेचीनगर–६, काँकरभिट्टा
कोटेसन आह्वान सम्बन्धी सूचना
प्रथमपटक प्रकाशित मिति : २०७७।४।३२
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) का लागि केही परिमाणमा मसलन्द सामग्री छपाई तथा खरिद गर्नु परेको हुँदा इच्छुक छापाखाना तथा स्टेसनरी सामग्री बिक्रेताबाट न्यूनतम मूल्यसहितको कोटेसन आह्वान गरिन्छ ।
क्र.सं. | सामग्रीको नाम | स्पेसिफिकेसन | प्रति एकाई मूल्य | कैफियत |
१ |
माथि उल्लेखित तालिका अनुसार सामग्रीको सूची संस्थाको बिर्तामोड कार्यालयस्थित केन्द्रीय स्टोरबाट उपलब्ध हुनेछ । (९८५२६८९४२३)
तपशील :
१. कोटेसन पेस गर्ने फर्म तथा कम्पनीले प्रति एकाई लेखिएको महलमा आफूले छपाई गर्ने सामग्रीको प्रति एकाई मूल्य (प्रति बण्डल, प्रति पिस, प्रति प्याकेट आदि) उल्लेख गर्नु पर्नेछ ।
२. कैफियत महलमा पेपरको गुणस्तर, तौल, ब्राण्ड, रङ, छपाईको प्रवृत्ति, बाइण्डिङको प्रकार, प्याकेजिङको तरिका आदि उल्लेख गर्नु पर्नेछ ।
३. सामग्री ढुवानी संस्थाको बिर्तामोडस्थित केन्द्रीय स्टोरमा गर्नु पर्नेछ ।
४. कोटेसन आंशिक स्वीकृत, अस्वीकृत वा स्थगन गर्ने अधिकार संस्थामा रहनेछ ।
५. कोटेसन खोल्ने मितिमा कोटेसन पेस गर्ने फर्म तथा कम्पनीलाई आमन्त्रण गर्न सकिनेछ । फर्म तथा कम्पनीको प्रतिनिधि उपस्थित नभए पनि कोटेसन खोल्न बाधा पर्ने छैन ।
६. स्वीकृत कोटेसन आ.व. २०७७/०७८ भर लागू हुनेछ ।
७. छपाई तथा मसलन्द सामग्री आपूर्ति गर्दा संस्थाले तोकेको समयमा तोकेको परिमाणमा गर्नु पर्नेछ ।
८. छपाई तथा मसलन्द सामग्री उपलब्ध गराए बापतको रकम भुक्तानी गर्दा नियम अनुसार करकट्टा गरिनेछ ।
९. कोटेसन स्वीकृति पछि दुई पक्षबीच सम्झौता गरी छपाई कार्य सुरु गरिनेछ ।
१०. सूचिकरण हुन बाँकी रहेका छापाखाना तथा मसलन्द सामग्री बिक्रेताहरुले सूचिकरण गरेपश्चात कोटेसन प्रक्रियामा सहभागिता जनाउन सक्नेछन् ।
११. कोटेसन पेस गर्ने अन्तिम मिति : २०७७ भदौ १२ गते शुक्रबार ।
१२. कोटेसन पेस गर्ने स्थान : संस्थाको प्रधान कार्यालय (मेचीनगर–६, काँकरभिट्टा) र बिर्तामोड कार्यालय ।
थप जानकारीका लागि
मो. ९८५२६८९४१५ (प्रशासन विभाग)/९८५२६८९४२३ (केन्द्रीय स्टोर)
Comments