सहकारी संस्थाहरु एकीकरण सम्बन्धी सूचना
Published: (Updated: )
by .प्रथमपटक प्रकाशित मिति : २०७७।५।३
तपशीलमा उल्लेखित सहकारी संस्थाहरू प्रचलित सहकारी ऐन, नियमावली, निर्देशन तथा गाइडलाइनभित्र रहेर आवश्यक सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी एकापसमा एकीकरण गरी एक संस्थामा आवद्ध हुन सहमत भई एकीकरणको प्रक्रिया अगाडि बढिरहेको व्यहोरा यसै सूचना मार्फत सम्पूर्ण सदस्यहरू एवम् सरोकारवाला पक्षलाई समेत सूचित गरिन्छ ।
तपशीलः
एकीकरणपछि कायम हुने :
संस्थाको नाम : नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
संस्थाको कार्यक्षेत्र : झापा जिल्लाभर
अन्य विवरण : एकीकरण सम्बन्धी सम्झौतामा उल्लेख भएअनुसार हुने
पुनश्चः
संस्था एकीकरण सम्बन्धमा एकीकरण प्रक्रियामा संलग्न कुनै संस्थाका कुनै सदस्यको कुनै जिज्ञासा तथा असहमति रहेमा यो सूचना प्रथमपटक प्रकाशित भएको सात दिन भित्रमा सम्बन्धित संस्थामा वा रजिष्ट्रारको कार्यालयमा कारणसहितको लिखित निवेदन पेश गर्न अनुरोध गरिन्छ ।
प्रकाशचन्द्र खरेल
अध्यक्षः बैगुनधुरा बचत तथा ऋण सहकारी संस्था लि
नारायणबहादुर अधिकारी
अध्यक्षः सुनगंगा बचत तथा ऋण सहकारी संस्था लि.
दिलिपजंग सुब्बा
अध्यक्षः सुरेन्द्रनगर चिया उत्पादक सहकारी संस्था लि.
रामचन्द्र उप्रेती
अध्यक्षः नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.
Comments