झापामा प्रहरीको गोलाबारी, एकजना घाइते
Published:
by .झापा । झापा गाउँपालिका ३ को कामाटोलीमा आज साँझ सशस्त्र प्रहरी बलमाथि स्थानीयले आक्रमण गरेपछि गोलाबारी भएको छ। स्थानीयले गोरु काटेको विषयमा विवाद भएपछि कामाटोली पुगेको सशस्त्र प्रहरीले गोली चलाएको गाउँपालिका अध्यक्ष जयनारायण साहाको भनाई छ
गोरु काटेको निहुँमा प्रहरीले आज दिउँसो दुई जनालाई पक्राउ गरेको थियो। उनीहरुलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय लैजान खोजेपछि स्थानीय आक्रमणमा उत्रिएको गाउँपालिका अध्यक्ष साहले बताए।
सशस्त्र प्रहरी निरीक्षक सचिन प्रधानको कमाण्डमा गएको सशस्त्र प्रहरी टोलीले आठ राउन्ड गोली चलाएको हो । स्थानीयले सशस्त्रमाथि आक्रमण गरेपछि गोली चलेको जनाइएको छ। गोली लागेर स्थानीय रसिक आलम घाइते भएका छन्। उनको पेटमा गोली लागेको छ।
उनलाई बिर्तामोडस्थित बि एण्ड सी अस्पतालमा उपचारका लागि ल्याइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घटनाबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।
Comments