Sajhamanch Archive

जग्गा खरिद सम्बन्धी कर्णाली साकोसको कोटेशन आह्वान

Published: (Updated: ) in विज्ञापन, विविधा, सहकारी by .

यस कर्णाली बचत तथा ऋण सहकारी संस्था लि.ले यस आ.व.मा आफ्नै जग्गाामा सेवाकेन्द्र तथा केन्द्रीय कार्यालय भवन निर्माण गर्ने प्रयोजनका लागि जग्गा खरिद गर्न आवश्यक भएकाले तपशील क्षेत्रमा देहायअनुसारको विवरण उल्लेख गरी शिलबन्दी कोटेशन आह्वान गरिएको छ ।

प्रथम पटक सूचना प्रकाशन मिति : २०७७/०५/१६

१.  क्षेत्रहरु तपशील

क. गोलधापः गोलधाप चौकबाट २०० मिटर, ५० फिटभन्दा बढी चौडाई भएको, पूर्व–पश्चिम मूल सडकसँग जोडिएको, जग्गाको क्षेत्रफल २ देखि ३ कठ्ठासम्म ।

ख. बिर्तामोडः बिर्तामोड मुक्तिचौकबाट बिर्ताबजारसम्म, मूल सडकको दायाँ २०० मिटर, बायाँ ५०० मिटरभित्र पर्ने, जग्गा क्षेत्रफल २ देखि ५ कठ्ठासम्म ।

ग. दमकः गणतन्त्रचौकबाट चारै दिशातर्फ ५०० मिटरसम्म, ३५ फिट चौडा भएको, जग्गा क्षेत्रफल १ कठ्ठा ।

२.   जग्गा बिक्री गर्न चाहने जग्गाधनीले पहिलो चरणमा आफूले बिक्री गर्न चाहेको जग्गाको अवस्थिति खुल्ने गरी जग्गाको क्षेत्रफल, कित्ता नम्बर, ठेगाना, सँधियार र जग्गासम्म पुग्न सकिने विवरणसहित आफूले बिक्री गर्न चाहेको जग्गाको प्रति एकाई (प्रतिधुर/प्रति कठ्ठा) मूल्य खुल्ने गरी शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ ।

३.   पहिलो चरणमा निवेदन पेश गर्दा जग्गाको नक्सा र लालपुर्जाको प्रतिलिपि, गत आर्थिक वर्षसम्मको मालपोत चुक्ता भएको प्रतिलिपिसहित जग्गा धनी वा निजको प्रतिनिधिले निवेदन पेश गर्नुपर्नेछ ।

४.   पहिलो चरणमा प्राप्त निवेदनमा प्रारम्भिक छनोटका आधारमा थप आवश्यक कागजात माग गर्न सकिनेछ ।

५.   प्राप्त निवेदनको अध्यन गर्दा जग्गा खरिद गर्ने वा नगर्ने सम्बन्धी अन्तिम अधिकार संस्थामा निहित हुनेछ ।

६.   इच्छुक आवेदकहरुले रीतपूर्वक शिलबन्दी निवेदन संस्थाको केन्द्रीय कार्यालय बिर्तामोड ४, झापामा मिति २०७७ भाद्र २५ गते भित्रमा बुझाउनु पर्नेछ ।

७.  अन्य जानकारीको लागि कार्यालयमा सम्पर्क गर्न सकिनेछ ।

संयोजक, खरिद उपसमिति

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *