Sajhamanch Archive

महिला हिंसाको विरोधमा सयौं महिला सडकमा

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by .

बिर्तामोड । पछिल्लो समय समाजमा बलात्कारका घटना बढेका कारण योसँगै महिला हिंसा अन्त्यको माग राख्दै झापाका महिला तथा मानव अधिकारकर्मीहरुले आज सडक तताएका छन् ।

एक महिनामा मात्र झापामा छ वटा बलात्कारका घटना दर्ता भएका छन् ।

बुधबार मात्रै अर्जुनधारा २ की चार वर्षीया बालिकालाई १५ वर्षे युवकले बलात्कार गरेपछि महिलाहरु थप आन्दोलित भएका हुन् ।

अर्जुनधारा नगरबाट निस्किएको जुलुस बिर्तामोडको मुक्तिचोकमा आएर कोणसभामा परिणत भएको हो ।

कोणसभालाई सम्बोधन गर्दै मानवअधिकारकर्मी सावित्री सुवेदीले अब सरकारले बलात्कारीलाई फाँसी दिनुपर्ने कानून ल्याउन माग गरिन् ।

उनले आफ्नो शरीर आफ्नो अधिकार रहेको भन्दै यस्ता हिंसा विरुद्ध खुलेर बोल्न सबै महिलालाई आग्रह गरिन् ।

एउटा छोरी पेटबाट नै असुरक्षित भएको भन्दै सरकारले उचित सम्बोधन नगरे महिलाहरुले अब कडा सङ्घर्षका कार्यक्रम ल्याउने अर्की वक्ता सरस्वती सिटैलाले चेतवनी दिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *