Sajhamanch Archive

छन्द–साधना पुरस्कार २०७७ महाकाव्यकार न्यौपानेलाई

Published: in राष्ट्रिय समाचार, शिक्षा, समाज, साहित्य by .

झापा । नेपाली छन्द कवितामा स्तरीकरण तथा मानकीकरण अभियानको घोषणासहित रामप्रसाद ज्ञवाली र देवी नेपालद्वारा दुई वर्ष पहिले स्थापित ‘छन्द–तरङ्ग’ले प्रदान गर्ने ‘छन्द साधना पुरस्कार २०७७’ सिन्धुपाल्चोकका चन्द्रप्रसाद न्यौपानेलाई प्रदान गर्ने निर्णय भएको छ ।

कवि, नेपाली छन्द कविताका अथक साधक, महाकाव्यकार न्यौपानेले नेपाली काव्यको इतिहासमा शास्त्रीय छन्दका ५५ हजार श्लोकको बृहत्तर महाकाव्य ‘चन्द्रयुग’को लेखन र प्रकाशन गरेका छन् । १० वटा महाकाव्य, १० वटा खण्डकाव्य, सयौँ फुटकर कविताहरूको प्रकाशन र प्राथमिक कालदेखि हालसम्मका समग्र छन्दोबद्ध कृतिहरूको अध्ययन र विश्लेषणका लागि न्यौपाने अगुवा मानिन्छन् ।

           महाकाव्यकार न्यौपाने

नेपाली भाषामा शास्त्रीय छन्दका सयौँ प्रकारहरूको प्रयोग गरी कविता सिर्जना गरेर नेपाली छन्द कविताको इतिहासमा अतुलनीय योगदान दिएवापत कवि न्यौपानेलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय भएको पुरस्कार संस्थापकहरुले विज्ञप्तीमार्फत जनाएका हुन् ।

नगद २५ हजार रुपैयाँ र प्रमाण–पत्रले सुसोभित गरिने उक्त पुरस्कार वातावरण सहज हुनासाथ विशेष कार्यक्रमको आयोजना गरी प्रदान गर्ने बचनवद्धतासहित पुरस्कार संस्थापकहरुले कवि न्यौपानेको सिर्जनात्मक निरन्तरता, अथक छन्द साधना, सुस्वास्थ्य र सक्रिय जीवनको कामना गर्दै बधाई ज्ञापन गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *