शिवसताक्षीका ८७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ, १० जना आउन बाँकी
Published: (Updated: )
by .शिवतसाक्षी । शिवसताक्षी नगरपालिकाबाट स्वाब संकलन गरिएका ८७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
नगरपालिकाको स्वास्थ्य शाखा संयोजकलाई गएको मंगलबार कोरोना पेजेटिभ देखिएपछि नगरका कर्मचारीसहित ९७ जनाको स्वाब संकलन गरी पिसिआरका लागि पठाइएको थियो ।
सतासी प्रावि क्वारेन्टाइनका स्वास्थ्य संयोजक रोशन अधिकारीका अनुसार ९७ जनामा ८७ जनाको रिपोर्ट नगेटिभ आएको र १० जनाको बाँकी रहेको उनको भनाई छ ।
नगरपालिकाले विहीबार सतासी प्रावि क्वारेन्टाइनका १२ जना, ९ जना होम क्वारेन्टाइन, एकजना समुदाय र नगरका कर्मचारीहरुको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।
स्वास्थ्य संयोजकलाई कोरोना देखिएपछि शिवसताक्षी नगरपालिका भदौ ३१ गतेसम्म सिल गरिएको नगरप्रवक्ता नविन इजमले जानकारी दिएका छन् ।
Comments