बिर्तामोडमा राप्रपाको उद्योग वाणिज्य समिति गठन
Published:
by .बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बिर्तामोड नगर क्षेत्रमा व्यापार व्यवसाय गर्ने पार्टी सम्बद्ध कार्यकर्ताहरु संगठित गरेको छ ।
जिल्ला पार्टी कार्यालयमा आज सम्पन्न भेलाले २१ सदस्यीय राष्ट्रिय प्रजातान्त्रिक बिर्तामोड उद्योग वाणिज्य नगर कार्यसमिति गठन गरेको हो । पार्टीका केन्द्रीय सदस्य राजकुमार पोखरेलको प्रमुख आथित्यतामा पार्टी सम्बद्ध व्यवसायीहरुको भेलाले कृष्ण पौडेलको अध्यक्षतामा २१ सदस्यीय नगर कार्यसमिति सर्वसम्मत रूपमा गठन गरेको हो ।
समितिको उपाध्यक्षद्वयमा रुद्रमणि अर्याल र रञ्जु बराल, महासचिवमा सूर्यकुमार खतिवडा, सचिवमा किरण पौड्याल र कोषाध्यक्षमा सोनी अग्रवाललाई जिम्मेवारी दिइएको छ । यसरी नै सदस्यहरुमा तोममणि बिमली, प्रकाश घिमिरे, गोविन्द कार्की लगायत रहेका छन् ।
नवगठित राष्ट्रिय प्रजातान्त्रिक बिर्तामोड उद्योग वाणिज्य संघ नगर कार्यसमितिको कार्यसफलताका लागि पार्टीका केन्द्रीय सदस्य पोखरेलसहित डम्बर थापा, शंकर रिजाललगायतले शुभकामना मन्तब्य राखेका थिए ।
Comments