एनएमसी एकीकृत नमूना कृषि फर्मले मकैको घाँस खरिद गर्ने सम्बन्धी सूचना
Published:
by .असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC COOP
कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा
मकैको घाँस खरिद गर्ने सम्बन्धी सूचना
प्रथमपटक प्रकाशित मितिः २०७७/६/३
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC COOP द्वारा सञ्चालित एनएमसी एकीकृत नमूना कृषि फर्मलाई साइलेज उत्पादनका लागि करिब ६ लाख केजी मकैको घाँस (घोगा र ढोडसहित) आवश्यक भएको हुँदा तपसिलका बुँदामा रही उपलब्ध गराउन चाहने संस्था, व्यक्ति, समूहबाट प्रस्तावपत्र आह्वान गरिन्छ ।
बुँदाहरुः
१. संस्थाले मकैको घाँसको गुणस्तर हेरी ढुवानीसहित अधिकतम प्रति के.जी. रु.४ (अक्षरेपी रु.चार रुपैयाँ) मात्रका दरले खरिद गर्नेछ ।
२. किसानले मकै लगाउनु अघि नै कति उत्पादन गरी कृषि फर्मलाई दिने हो सो विषय उल्लेख गरी सम्झौता गर्नु पर्नेछ ।
३. सम्झौता गरिएका किसानहरुले दुधेलो मकै भएपछि मकै काट्ने समय भयो भनी कृषि फर्मलाई जानकारी गराउनु पर्नेछ ।
४. किसानले कृषि फर्मले तोकेको जातको मकै लगाउनु पर्नेछ ।
५. पहिला प्रस्ताव पेश गर्नेलाई सम्झौताका लागि पहिला प्राथमिकता दिइनेछ ।
६. प्रस्तावपत्र संस्था अन्तर्गतको एनएमसी एकीकृत नमूना कृषि फर्म, मेचीनगर १४, दुवागढीको कार्यालय वा [email protected] मा पेस गर्नुपर्नेछ ।
७. प्रस्तावपत्र पेस गर्ने अन्तिम मिति : २०७७ कात्तिक १४ गते शुक्रबार ।
थप जानकारीका लागि : ९८५२६७२७००/९८५२६८९४००/९८१७०५९६३३/९८४२६४१०५८
एनएमसी एकीकृत नमुना कृषि फर्म, दुवागढी
पुनश्चः यस कृषिफर्ममा अग्र्यानिक तरकारी, सुपरनेपियरको बेर्ना, तरकारीका बेर्ना र कुरिलोको बेर्ना समेत सस्तोमा पाइन्छ ।
Comments