बिर्तामोडमा गोल्डस्टारको शोरुमः अब रोजीरोजी ८० प्रकारको जुत्ता एकै ठाउँमा
Published:
by .बिर्तामोड । विश्वका विभिन्न मुलुकमा अत्याधिक रुचाइएको गोल्डस्टर कम्पनीको जुत्ताको आधिकारिक शोरुम आजदेखि सञ्चालनमा ल्याइएको छ ।
विगत २५ वर्षभन्दा पहिलेदेखि पाथीभरा होटल सञ्चालन गर्दै आएका रविन कार्की र उनको परिवारले गोल्डस्टर जुत्ताको शोरुम आर के इन्टरप्राइजेज सञ्चालनमा ल्याएका हुन् । मुक्तिचोकभन्दा दुईसय मिटर पूर्व राजमार्गको उत्तरतर्फ गोल्डस्टारको शोरुम खोलिएको हो ।
‘बिर्तामोडमा गोल्डस्टारको मात्र जुत्ता बेच्ने शोरुम नभएकाले कम्पनीको आधिकारिक बिक्रेता भई सञ्चालनमा ल्याइएको’ शोरुम सञ्चालक कार्कीले जानकारी दिएका छन् । शोरुमबाट बालकदेखि बृद्धसम्म सबैलाई उपयुक्त हुने ८०–९० प्रकारका डिजाइनका जुत्ता पाउन सकिन्छ । गोल्डस्टारका १५० प्रकारका डिजाइन रहेकाले मागका आधारमा क्रमशः थपगर्दै लैजाने उनको भनाई छ ।
राम्रो टिकाउ जुत्ता भएकै कारण गोल्डस्टारका उत्पादन नराखिकन कसैले पनि जुत्ता पसल सञ्चालन गर्न सकिने अवस्था छैन । अझ एउटै छानामुनी एउटै उत्पादकका यति धेरै आइटमको जुत्ता अन्यत्र नपाइने भएकाले ग्राहकलाई सुविधा हुने कार्कीले साझामञ्चलाई बताए ।
बिर्तामोडको गोल्डस्टर शोरुम आर के इन्टरप्राइजेजमा ट्रेन्ड, स्पिरिट, क्लासिक, जी १० सिरिज, ब्याचमेट, फेमिनाइन लगायतका मोडलहरु अलग अलग डिस्प्ले गरेर राखिएको छ । गोल्डस्टार सन् १९७० मा नुरप्रसाद राणले स्थापना गरेको पुरानो नेपाली जुत्ता कम्पनी हो ।
स्वदेशमा भन्दा भारत, अष्ट्रेलिया, जापानमा यसको माग राम्रो भएकाले उत्पादनको ८० प्रतिशत निर्यात हुने गरेको कार्कीले जानकारी दिएका छन् । सस्तो, टिकाउ र गुणस्तरीय भएकाले गोल्डस्टार जुत्ताको माग बढ्दो छ । विश्वका विभन्न देशमा समेत गोल्डस्टार जुत्ताको शोरुम रहेको छ ।
चिनियाँ उत्पादनहरु खुद्रा ब्यापारीले ८–९ सयमा किनेर चारहजार सम्ममा बिक्री गरी मनग्ये नाफा गर्छन् तर तिनीहरुको टिकाउपना हुँदैन । यस्तोमा गोल्डस्टारको चाहिँ ७०० देखि २५ सयसम्म मूल्य नै उल्लेख भएर आउने भएकाले उपभोक्ता नठगिने कार्कीले दावी गरेका छन् ।
Comments