Sajhamanch Archive

मूलबाटोलाई पार्किङ बनाएपछि यात्रुलाई सास्ती

Published: in मुख्य समाचार, समाज, स्थानीय तह by .

भद्रपुर । भद्रपुरस्थित मेची प्रादेशिक अस्पताल परिसर अगाडिको मूल सडकमा जथाभावी पार्किङ गरिँदा सो सडकबाट आवतजावत गर्ने यात्रुले सास्ती भोग्नु परिरहेको छ ।

अस्पतालमा सेवा लिन आउने सेवाग्राहीका लागि उचित पार्किङस्थल भए पनि त्यहाँ पार्किङ नगरी जथाभावी सवारी साधन राख्दा पनि अनुगमन गरेर कारवाही नगरिँदा आवतजावत गर्ने यात्रुले सास्ती व्यहोर्नु परेको हो ।

अस्पताल परिसर तथा अगाडिको मूल सडकमा जथाभावी सवारी साधन राख्ने विरूद्ध कारवाही गर्ने निकाय भए पनि अस्पताल प्रशासनले चासो नराख्दा समस्या आएको स्थानीयको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *