हरेक क्षेत्र पर्यटनमैत्री बन्नुपर्नेमा प्रदेशसभा सदस्य मैनालीको जोड
Published:
by .मेचीनगर । झापा निर्वाचन क्षेत्र नं. १ (क) का प्रदेशसभा सदस्य श्रीप्रसाद मैनालीले मेचीनगर ६ काँकरभिट्टामा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाट्टा १ नम्बर प्रदेश कमिटीको प्रादेशिक कार्यालय उद्घाटन गरिदिएका छन् ।
कार्यालय उद्घाटन पछि बोल्दै मैनालीले पर्यटन क्षेत्रको प्रवद्र्घन र विकासमा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस् नाट्टाले खेलेको भूमिका निक्कै प्रशंसनीय रहेको बताए । उनले हरेक व्यवसायीले आफ्नो व्यवसायलाई पर्यटकमैत्री बनाउनुपर्ने सुझाव दिँदै ट्राभल्स व्यवसायीले एउटा जहाजको टिकट बिक्री गरेरमात्र पर्यटन व्यवसायी भएको पहिचान नदिन आग्रह गरे । हरेक पर्यटन व्यवसायीहरु व्यवसायिकरुपमा क्रियाशील भएर पर्यटकीय क्षेत्रको प्रवर्धन र विकास गर्न लाग्नु पर्नेमा उनको जोड थियो ।
हरेक पर्यटन व्यवसायीले स्थानीय पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटकलाई आकर्षित गर्नुपर्ने सुझाव दिँदै प्रदेशसभा सदस्य मैनालीले त्यसमा प्रदेश सरकारका तर्फबाट गर्नुपर्ने साथ सहयोग जहिले पनि प्राप्त हुने विश्वास दिलाएका छन् । संघीय र स्थानीय सरकारका तर्फबाट समेत गर्ने सहयोग र समन्वय सबै हुने उनको दावी छ ।
Comments