गौरादहका सबै निजी विद्यालय अनिश्चितकालीन बन्द
Published:
by .गौरादह । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) गौरादह नगर समितिले सम्झौता अनुसार विद्यालय सञ्चालकहरूले तलब दिन आनकानी गरेपछि अनिश्चितकालीन विद्यालय बन्द गरेको छ ।
इस्टु जिल्ला कार्य समितिसँग प्याब्सन झापाले गरेको सम्झौता कार्यान्वयन गर्न विद्यालय सञ्चालकहरूले अटेर गरेपछि गौरादह नगारपालिका क्षेत्रका संस्थागत विद्यालय अनिश्चितकालीन बन्द गरिएको हो ।
संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूका माग बिरूद्ध रहेका विद्यालय सञ्चालकहरूले ६ महिनायता तलव दिन आनकानी गरिरहेका छन् । कोभिड १९ को बाहना बनाएर नाफाखोरी प्रवृत्ति प्रस्तुत गरिरहेका विद्यालय सञ्चालकहरूले मुख्य चाडपर्वलाई समेत खल्लो बनाउन भूमिका खेलेको प्रति इस्टु गौरादहले खेद प्रकट गरेको छ ।
नगर समिति अध्यक्ष सञ्जीव कार्की तथा सचिव खेमराज पाण्डेद्वारा हस्तक्षर गरिएको विज्ञप्तिमा इमोसनल ब्लाकमेलिङको दुस्साहस नगर्न प्याब्सन गौरादह समितिलाई चुनौतिसमेत दिइएको छ ।
प्याब्सन जिल्ला समितिको निर्णय नमान्ने प्याब्सन गौरादहका कारण उत्पन्न हुनसक्ने भौतिक, मानसिक तथा अन्य क्षति उत्पन्न भए त्यसको जिम्मेवारी लिनुपर्ने समेत जारी विज्ञप्तिमा प्रष्ट पारिएको छ ।
Comments