Sajhamanch Archive

बिर्तामोडमा खुल्यो डिजिटल कारखाना

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । झापाको बिर्तामोडमा बुधबारदेखि डिजिटल कारखाना सञ्चालनमा ल्याइएको छ । वेबसाइट तथा सामाजिक सञ्जालमा सूचना प्रवाह गरेर वस्तु वा सेवाको व्यापार प्रवद्र्धन गराउने उद्देश्यले सो प्रतिष्ठान सञ्चालनमा ल्याएको हो ।

भारतको रामा विश्वविद्यालयमा डिजिटल मार्केटिङ विषय अध्ययन गरेर घर फर्किएका बुधबारेका सुजन भण्डारीको अग्रसरतामा डिजिटल कारखाना खोलिएको जनाइएको छ । तिम्सिनाका अनुसार सो प्रतिष्ठानबाट सोसल मिडिया मार्केटिङ, वेब डेभलपमेन्ट, सफ्टवेयर डेभलपमेन्ट, कम्पनी दर्ताका लागि सम्पूर्ण प्रक्रिया पूरा गरिने तथा लेखा परीक्षणसम्म गरिदिने व्यवस्था छ ।

गत असोज १ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरेर उक्त प्रतिष्ठान बुधबारदेखि सेवाग्रहीसम्म आएको हो । कम्पनीको सिइओमा शुसिल भण्डारी रहेका छन् भने आइटी सर्भिसतर्फ अर्जुनधाराका पूजन अधिकारी क्रियाशील छन् ।

आजको समाजमा सबैजसो कार्यगर्दा आइटी सेक्टर जोडिने गरेकाले युवा पुस्तालाई लक्षित गरेर डिजिटल काराखाना सञ्चालनमा ल्याइएको सञ्चालकमध्येका एक पूजन अधिकारी बताउँछन् । ‘गोजीमा नगद नहुँदा पनि आजको युवा डराउँदैन किनकि उसँग मोवाइल वालेट हुन्छ, जहाँ पुग्छ क्यूआर कोड स्क्यान गरेर बिल भुक्तानी गर्छ’ अधिकारी भन्छन्, ‘हामी यस्तै प्रकृतिको व्यवसाय प्रवद्र्धन गर्छौं ।’

‘फेसबुक बुस्ट गर्नुलाई धेरै मानिसले डिजिटल मार्केटिङ भनिरहेका हुन्छन् जुन सरासर गलत हो’ तिम्सिनाको भनाई छ । यद्यपी सामाजिक सञ्जाल मार्फत लक्षित वर्गसम्म सूचना वा विज्ञापन पुर्याउने प्रक्रिया नै डिजिटल मार्केटिङ हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *