Sajhamanch Archive

कर्णाली साकोसद्वारा सदस्य परिवारलाई काजकिरिया खर्च हस्तान्तरण

Published: (Updated: ) in मुख्य समाचार, समाज, सहकारी by .

दमक । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सेयर सदस्य परिवारमा काजकिरिया खर्च वापतको रकम हस्तान्तरण गरेको छ । दमक नगरपालिका वडा नं. ४ निवासी मोहन सिवाकोटीका बुबाको निधन भएकोमा संस्थाको तर्फबाट पाउने एक लाख २० हजार रुपैयाँ आज प्रदान गरिएको हो ।

सहकारीका सेयर सदस्य शिवाकोटी परिवारलाई काजकिरिया खर्च उपलब्ध गराइएको दमक सेवा केन्द्रका प्रमुख सुजन भण्डारीले जानकारी दिएका छन् । कर्णाली साकोस सञ्चालक समितिका उपाध्यक्ष ईश्वरीप्रसाद खरेल, कोषाध्यक्ष एकराज विष्ट, सदस्य गणेश पराजुली, केन्द्रीय कार्यालयका अधिकृत सन्तोष श्रेष्ठसहित दमक गएर समवेदनासहित राहत हस्तान्तरण गरेका हुन् ।

उक्त अवसरमा दमक सेवा केन्द्र व्यवस्थापन समितिका संयोजक शेरबहादुर भट्टराई, सदस्य मुकुन्द उप्रेती, गिरीराज भट्टराईलगायत कर्मचारी सम्मिलित साकोस परिवार सिवाकोटीको घरमै पुगेर रकम हस्तान्तरण गरेको हो ।

कर्णाली साकोसका अर्का सेयर सदस्य दमक ६ निवासी आर. बि. थापाको देहावसान भएको चौथो दिनको पुण्य तिथिमा समवेदनासहित ६ हजार रुपैयाँ, दमक ५ का गौतमकुमार लामाका बुबाको काजकिरिया खर्च बापत ५ हजार रुपैयाँ र झापा शिवसताक्षीका महेन्द्र खत्रीको आमाको काजकिरिया खर्च बापत ५ हजार रुपैयाँ उपलब्ध गराइएको साकोसका दमक सेवाकेन्द्र प्रमुख भण्डारीले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *