बिराटनगरमा सय बेडको आइसोलेशन बन्दै, मन्त्री घिमिरेद्वारा निरीक्षण
Published:
by .बिराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना संक्रमणको अवस्था अनुसार प्रदेश सरकारले काम गरिरहेको दावी गरेका छन् । कोरोना संक्रमणको मात्रा हेरेर प्रदेश सरकारले स्टेप चालिरहेको उनको कथन छ ।
विराटनगरमा निजी क्षेत्रको सक्रियता एवम् साझेदारीमा प्रदेश सरकार र विराटनगर महानगरपालिकाले कोशी कोभिड अस्पताल परिसरमा निर्माण गरिरहेको आइसोलेसन केन्द्रको अनुगमन गर्दै मन्त्री घिमिरेले यस्तो दावी गरेका हुन् । ‘नेपालमा कोरोना संक्रमण देखापरे लगत्तै कोभिड अस्पताल निर्माण शुरु गरियो’ मन्त्री घिमिरेले भनेका छन् ‘संक्रमित बढेसँगै कोभिड अस्पतालको क्षमता विकास र प्रदेशका विभिन्न स्थानमा आइसोलेसन केन्द्रहरु थप गर्दै लगिएको छ ।’
निजी क्षेत्रसँगको साझेदारीमा अक्सिजनसहितको १०० वेड बाहेक प्रदेश सरकारले कोभिड अस्पताल परिसरमै रहेको भवनमा विशिष्टिकृत सेवासहितको थप १०० वेड निर्माणको काम भइरहेको उनले जानकारी दिएका छन् । संघीय सरकार, प्रदेश सरकार र विराटनगर महानगरपालिकाको सहयोगमा विशिष्टिकृत सेवा सहितको सय वेड तयार गरिने उनको भनाई छ ।
सामाजिक विकास मन्त्री घिमिरेका अनुसार विशिष्टिकृत सेवा सहितको अस्पताल निर्माण कार्य धमाधम भइरहेकाले चाँडै सञ्चालन गरिनेछ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले निजी क्षेत्रबाट काम शुरु गर्दा छिटो हुने बताए । अक्सिजनसहितको वेड तत्काल आवश्यक भएकाले सरकारी प्रकृयामा ढिलो हुने भएकाले भएकाले निजी क्षेत्रसँगको साझेदारीमा काम शुरु गरिएको उनले प्रष्ट पारेका छन् ।
नागरिक केयर सेन्टरका संयोजक पवन सारडाले तिहार अगावै अक्सिजनसहितको वेड सञ्चालनका लागि काम भइरहेको बताउँदै सरकारले थप वेडको आवश्यकता महसुस गरेमा त्यसका लागि नागरिक केयर सेन्टर तयार रहेको उनले प्रष्ट पारे ।
Comments