Sajhamanch Archive

पूर्वनेपालको खुद मुनाफा साढे चार करोड

Published: in अर्थतन्त्र, सहकारी by .

कमल । झापाको कमल गाउँपालिका वडानम्वर २ स्थित पूर्वनेपाल बहुउद्देश्यीय सहकारी संस्थाले आज आफ्नो २०औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

वार्षिक साधारणसभाको उद्घाटन गर्दै कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले आफ्नो गाउँपालिका भित्र रहेका सहकारीहरु मिलेर कृषिलाई अगाडि बढाउनुपर्ने बेला आएको बताएकी छन् । गाउँपालिकाको अर्थतन्त्रलाई टेवा पुर्याउने भनेकै कृषिले हो भन्दै उनले गाउँपालिकाले पनि एक सहकारी एक उत्पादनको नीति लिएकाले यसमा सहयोग पुर्याउन सहकारी संस्थाहरुलाई आग्रह गरिन् ।

अध्यक्ष काफ्लेको आग्रह पूर्व नै सो संस्थाले सदस्यको आवश्यकतालाई पहिचान गरी व्यवसायकि कृषिको क्षेत्रमा कार्य प्रारम्भ गरिसकेको जनाइएको छ । व्यवसायकि क्षेत्रलाई अगाडि बढाउन बहुउद्देश्यीय कृषिफर्म, अन्तरसंस्था कृषि उद्योग केन्द्र, पाथीभरा एग्रो टुरिजम लगायत संस्थामा शेयर लगानी गरेर उत्पादनसँग जोडिएको संस्थाका अध्यक्ष पे्रम सापकोटाले जानकारी दिएका छन् ।

कोरोना संक्रमणको विषम परिस्थितिमा पनि सहकारीले शाखागत साधारणसभा सम्पन्न गरिसकेको र त्यहाँबाट प्राप्त सुझावहरु एकीकृत गरी माइन्युट प्रमाणित गर्नका लागि समापन साधारणसभा आयोजना गरिएको अध्यक्ष सापकोटाले बताएका छन् ।

वि. सं. २०५७ सालमा ३४ जना सदस्यबाट ३७ हजार ४०० शेयर पुँजी संकलन गरी कारोबार सुरु गरेको पूर्व नेपालले २०औं वर्ष पूरा गर्दा १० हजार १६४ जना शेयर सदस्य बनाएको छ । संस्थामा १२ करोड ४३ लाख ४१ हजार ७०० रुपैयाँ शेयर पूँजी रहेको तथा विभिन्न कोष गरी कूल २५ करोड ८९ लाख १३ हजार ६१५ रुपैयाँ पूँजी रहेको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले गत आर्थिक वर्षमा ४ करोड ४६ लाख ७२ हजार ६८४ रुयैयाँ खुद मुनाफा गरेकोे व्यवस्थापक चन्द्रकला ढकालले जानकारी दिएकी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *