प्रदेश १ मा आज ३६४ कोरोना संक्रमित थपिए
Published:
by .विराटनगर । प्रदेश १ मा आज ३६४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १६३, सुनसरीमा ८६, झापामा ६६, उदयपुरमा १३, धनकुटामा ५, पाँचथरमा ४, इलाममा ३, संखुवासभा, तेह्रथुम, भोजपुर र खोटाङमा २–२, ओखलढुङ्गाका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ बाहिर ठेगाना रहेका १५ जना पनि संक्रमित छन् ।
मन्त्रालयका अनुसार विराटनगरमा ९६ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ४० महिला र ५६ पुरुष रहेका छन् । यसैगरी मोरङको सुन्दरहरैंचाका १८, उर्लाबारीका १४, रतुवामाई, बेलबारी र बुढीगंगाका ५–५ जना संक्रमित छन् । यस्तै रंगेली, कानेपोखरी र ग्रामथानका ३–३, कटहरीका २, सुनबर्षी, जहदा, पथरीशनिश्चरे, केराबारी र लेटाङमा १–१ जना र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
सुनसरीको धरानमा ३४, इटहरीमा ३२, इनरुवामा १०, रामधुनीमा ३, बराहक्षेत्रमा २, हरिनगर, देवानगञ्ज, बर्जु, दुहवी र कोशी गाउँपालिकामा १–१ जनाको पनि रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यता झापाको दमकमा २१, बिर्तामोडमा १२, गौरादहमा ६, बुद्धशान्ति, मेचीनगर र कचनकवलमा ३–३, कनकाई र अर्जुनधारामा २–२, शिवसताक्षी, गौरीगञ्ज, हल्दिबारी, भद्रपुर र कमल गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ९ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
यसैगरी, उदयपुरको त्रियुगामा ९, चौदण्डीगढीमा ३ र कटारीमा १ जना संक्रमित थपिएका छन् भने धनकुटाको धनकुटा नगरपालिकामा २, महालक्ष्मी, पाख्रीबास र स्थानीय तह नखुलेका १–१ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ ।
पाँचथरको फिदिममा ३ र मिक्लाजुङमा १, इलामको चुलाचुलीमा २ र सूर्योदयमा १, संखुवासभाको खाँदबारी र सिलिचोङमा १–१ जना, तेह्रथुमको म्याङलुङ र स्थानीय तह नखुलेका १–१जना र भोजपुरको भोजपुर र आमचोकमा १–१ जनाको पनि रिपोर्ट पोजेटिभ आएको छ । मन्त्रालयका अनुसार खोटाङको दिक्तेल रुपाकोट मझुवागढी र बराहपोखरीमा १–१, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २२ हजार १९८ पुगेको छ ।
प्रदेश १ मा आज ६२८ जना डिस्चार्ज भएका छन् । होम आइसोलेसनबाट ६१७, न्यूरो अस्पतालबाट १० र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ८०१ पुगेको छ ।
प्रदेश १ मा आज १ हजार ५४४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १४४ महिला र २२० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ७२ हजार ४९५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
Comments