Sajhamanch Archive

कोरोना संक्रमणबाट अगुवा रेडक्रसकर्मी नेपालको निधन

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्वास्थ्य by .

झापा । नेपाल रेडक्रस सोसाइटी झापा शाखाका पूर्व सभापति तथा नेपाल रेडक्रस सोसाइटीका पूर्व केन्द्रीय सदस्य रेवतीरमण नेपालको गएराति निधन भएको छ ।

झापाको हल्दिबारी गाउँपालिका वडा नं ४ निवासी नेपाल रेडक्रसकर्मीसँगै शिक्षक एवम् सामाजिक अभियन्ता थिए । झापाली रेडक्रसकर्मीहरुका लागि कुशल अभिभावक नेपालको कोभिड–१९ संक्रमणबाट निधन भएको जनाइएको छ ।

नेपाल रेडक्रस सोसाइटी झापाका सभापति तथा केन्द्रीय सदस्य लोकराज ढकालले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै गए राति ११ः४५ बजे बिराटनगर नोबेल अस्पतालमा नेपालको निधन भएको उल्लेख गरेका छन् । सभापति ढकालले लेखेका छन्, ‘अलविदा सर, भावपूर्ण श्रद्धाञ्जली ।’

अर्का रेडक्रसकर्मी मित्रदेव काफ्लेले फेसबुकमा स्टाटस पोष्ट गर्दै ‘मानवीय भावनाले ओतप्रोत, सरल एवम् मृदुभाषी, सामाजिक ब्यक्तित्व रेवतीरमण नेपाललाई उपचारकै क्रममा गुमाउनु पर्दा अत्यन्तै पीडा महसुस भएको’ उल्लेख गरेका छन् ।

यसरी नै हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले हल्दिबारीले आज असल अभिभावक गुमाउनु परेको उल्लेख गर्दै लेखेका छन्, ‘विश्वास लागेको छैन, तर पनि विश्वास गर्नु बाहेक हामी सबैसँग अरु केही उपाय छैन ।’

आज बिहानैदेखि नेपालको निधनमा शोक व्यक्त गर्दै श्रद्धाञ्जली र समवेदनाले सामाजिक सञ्जाल भरिएका छन् । स्वर्गीय नेपालप्रति साझामञ्च डटकम तथा साझामञ्च मिडिया प्रालि परिवार भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *