तिहारका संघारमा लाखौंको पटाका प्रहरीको कब्जामा
Published:
by .भद्रपुर । भद्रपुरका दुईवटा घरबाट प्रहरीले छापा मारेर ठूलो परिणामको बारुदजन्य पटाका बरामद गरेको छ । प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरको संयुक्त गस्ति टोलीले विशेष सूचनाको आधारमा सोमबार साँझ भद्रपुर नगरपालिका ८ भद्रपुर जेसीज जाने बाटोमा पर्ने दुईवटा घरबाट पटाजन्य बस्तुहरु बरामद गरेको हो ।
सन्तोष नाम गरेका व्यक्तिको घरबाट प्रहरीले ११ बोरा पटाका बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले बरामद गरेको पटाकाहरू विभिन्न प्रकार रहेका छन् । जसको बजार मूल्य लाखौँ पर्छ भने प्रहरीले अन्दाजी तीन लाख २० हजार रुपैयाँको पटाकाजन्य बस्तुहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जनाएका छन् ।
प्रहरीले बरामद गरिएको पटाकाहरू भद्रपुरको २ स्थित पृथ्वीनगर र हिमाली नाकाबाट भित्राइएको स्रोतको दाबी छ । त्यहाँ स्थानीय सशस्त्र र नेपाल प्रहरीको मिलेमतोमा पटाका भित्राइएको स्रोतको दाबी छ ।
पटाकाको कारोबार गर्ने व्यक्तिले त्यहाँबाट भित्राएर भद्रपुरसम्म ल्याएको हो । त्यसलाई बजारमा बिक्री गर्न घरमा भण्डारण गरी राखेको अवस्थामा सुराकीले थाहा पाएको र प्रहरीसँग लेनदेन नमिले पछि घटना बाहिरिएको समाचार स्रोत बताउँछ ।
Comments