Sajhamanch Archive

प्रदेश १ मा ६६२ जना डिस्चार्ज हुँदा १८२ मात्र नयाँ संक्रमित

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६६२ जनाले कोरोना जितेर अस्पताल तथा होम आइसोलेशनबाट डिस्चार्ज भएका छन् ।

होम आइसोलेसनबाट ५७८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २९, विराट मेडिकल कलेजबाट १३, कोभिड १९ आइसोलेसन केन्द्र रंगेलीबाट ११, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८, विराट सामुदायिक भवनबाट ७ जना डिस्चार्ज भएका हुन् । यसरी नै मारवाडी सेवा सदन आइसोलेसन र कालिसदन आइसोलेसन विराटनगरबाट ४–४, पथरी नगर अस्पताल र बैजनाथपुर आइसोलेसनबाट २–२, कोभिड १९ आइसोलेसन अस्पताल गोठगाउँ, न्यूरो अस्पताल, नोवेल अस्पताल र वि. जेनरल अस्पताल हरिनगरबाट १–१ जना डिस्चार्ज भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या १६ हजार ४१८ पुगेको छ ।

प्रदेश १ मा आज १८९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७०, झापामा ६०, सुनसरीमा ४१, ताप्लेजुङ, खोटाङ र उदयपुरमा २–२, इलाम, तेह्रथुम र भोजपुर १–१ र प्रदेश १ बाहिरका ९ जना रहेका छन् ।

मोरङको विराटनगरमा ३७, उर्लाबारीमा ११, मिक्लाजुङमा १०, पथरीशनिश्चरे र बेलबारीमा ३–३, सुनबर्षीमा २, धनपालथान, सुन्दरहरैचा, रंगेली र लेटाङमा १–१ मा संक्रमण पुष्टि भएको हो । यसरी नै झापाको दमकमा २०, बिर्तामोडमा १३, गौरादहमा ११, कनकाईमा ५, भद्रपुरमा ३, हल्दिबारी, कमल र झापा गाउँपालिकामा २–२, अर्जुनधारा र मेचीनगरमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको धरानमा २६, इटहरीमा ६, बराहक्षेत्र र कोशी गाउँपालिकामा ३–३, इनरुवामा २ र रामधुनीमा १, ताप्लेजुङको मैवाखोला र फुङलिङमा १–१, खोटाङको हलेसी तुवाचुङमा २, उदयपुरमा २, इलामको माईजोगमाईमा १, तेह्रथुममा १, भोजपुरमा १ र प्रदेश १ बाहिरका ९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २३ हजार ७० पुगेको छ ।

प्रदेश १ मा आज ८४७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ८० महिला र १०९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ७५ हजार ६४९ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *