Sajhamanch Archive

हाम्रो नेपाल साकोसद्वारा मृतक शेयर सदस्यको दुई लाख रुपैयाँ ऋण मिनाहा

Published: in लोकप्रिय, समाज, सहकारी by .

बिर्तामोड। सदस्यप्रति अभिभावकत्व दर्शाउँदै बिर्तामोडमा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था (साकोस)ले मृतक सेयर सदस्यको नाममा रहेको कर्जा मिनाहा गरिदिएको छ ।

संस्थाका शेयर सदस्य ज्ञानबहादुर लिम्बूको निधनमा शोक व्यक्त गर्न मेचीनगर ५ स्थित लिम्बू निवासमा पुगेर परिवारजनलाई दुई लाख रुपैयाँ ऋण मिनाहा गरिएको पत्र हस्तान्तरण गरिएको हो ।

संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालसहितको टोलीले स्वर्गीय लिम्बूको मेचीनगर–५ त्रिवेणी टोलस्थित निवासमै पुगेर पत्नी पुनम लिम्बूलाई ऋण मिनाहाको पत्र हस्तान्तरण गरिएको दंगालले जनाए ।

यसैगरी, संस्थाले आफ्ना शेयर सदस्यको निधनमा समवेदना व्यक्त गर्दै लिम्बू परिवारलाई काजकिरिया खर्च वापत ५ हजार रुपैयाँसमेत मृतकका प्रदान गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *