सहारा नेपाल साकोसको २४औं वार्षिक साधारणसभा सम्बन्धी शेयर सदस्यहरुलाई जरुरी सूचना
Published:
by .सहारा नेपाल साकोसको २४औं वार्षिक साधारणसभा सम्बन्धी शेयर सदस्यहरुलाई जरुरी सूचना
सहकारी ऐन २०७४ को दफा ४० को उपदफा ५ तथा सहकारी विभागको मिति २०७७/०६/०१ गतेको च. नं. २०२ को पत्रानुसार यस संस्थाको २४औं वािर्षक साधारणसभा सम्बन्धी सञ्चालक समितिको मिति २०७७/०७/०६ गतेको बैठकको निर्णय अनुसार निम्न स्थान, मिति र समयमा निम्न अनुसारको प्रक्रियाहरु अबलम्बन गरी साधारणसभा गर्ने निर्णय भएकोले सम्पूर्ण सेयर सदस्यज्यूलाई जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
प्रतिनिधि छनौट/विस्तारित मञ्च (भेला) सम्बन्धी प्रक्रियाहरु तथा जानकारीः
संस्थाको सम्पूर्ण कार्यक्षेत्रलाई निम्न अनुसारको ७ (सात) क्षेत्रमा विभाजन गरी प्रत्येक क्षेत्रमा निम्न अनुसारको मितिमा विद्युतीय (zoom) माध्यमबाट प्रतिनिधि छनौट भेला गरी निम्न अनुसारको संख्यामा अन्तिम निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधिहरु चयन गरिने छ ।
क्र.सं. | क्षेत्र | से.के.संख्या | भेला सञ्चालन मिति | नि.प्र.गर्ने छनौट हुने प्रतिनिधि | क्र.सं. | क्षेत्र | से.के.संख्या | भेला सञ्चालन मिति | नि.प्र.गर्ने छनौट हुने प्रतिनिधि |
१. | उदयपुर | ५ | २०७७/०८/१८ | ३ | २. | सुनसरी | ९ | २०७७/०८/१९ | ६ |
३. | मोरङ | १६ | २०७७/०८/२० | १२ | ४. | पाँचथर | ४ | २०७७/०८/२१ | ३ |
५. | इलाम | ६ | २०७७/०८/२२ | ४ | ६. | झापा–१ | १२ | २०७७/०८/२३ | १२ |
७. | झापा–२ | १० | २०७७/०८/२४ | १० |
अन्य :
१. साधारणसभाको प्रतिवेदन मिति २०७७ मंसिर ११ गतेबाट सेवा केन्द्रमार्फत बितरण गरिनेछ । साथै सोही मितिमा संस्थाको Website : www.saharanepal.coop.np मा पनि अपलोड हुनेछ ।
२. साधारणसभाको उपस्थित पुस्तिका सेवा केन्द्रमा नै राखि १५ दिनसम्म हस्ताक्षरको लागि खुल्ला राखिनेछ ।
३. सदस्यबाट प्राप्त सुझावहरु लिखितरुपमा लिइने र उपयुक्त सुझावलाई अन्तिम निर्णयमा समेटिनेछ ।
४. संस्थाको सम्पूर्ण सेवा केन्द्रलाई उपस्थित सेवा केन्द्र कायम गरिएको छ ।
५. संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा ऋण उपसमिति गठनको लागि सर्वसम्मत प्रक्रिया अवलम्बन गरिनेछ ।
केन्द्रीय साधारणसभा सम्बन्धी जानकारीः
मितिः २०७७/०८/२७ गते, शनिबार ।
समय : बिहानको ११ः०० बजेदेखि ।
माध्यम : सूर्योदय टेलिभिजन, एफएम र Facebook Live बाट प्रत्यक्ष प्रसारण ।
साधारणसभामा छलफका विषयहरुः
१. संस्थाको र लेखा समितिको वार्षिक प्रतिबेदन पारित गर्ने सम्बन्धमा ।
२. आ.व. २०७६/०७७ को लेखा परीक्षण प्रतिवेदन माथि छलफल तथा पारित गर्ने सम्बन्धमा ।
३. आ.व. २०७७/०७८ को प्रस्तावित नीति, कार्यक्रम र बजेट स्वीकृत गर्ने सम्बन्धमा ।
४ं लाभांश पारित गर्ने सम्बन्धमा ।
५. आ.व..२०७७/०७८ को लागि बाह्य लेखा परीक्षकको तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धमा ।
६. संस्थाको छैटौ अधिवेशन सम्पन्न गर्ने सम्बन्धमा ।
७. केन्द्रीय कार्यालयको निर्माणाधिन भवनको खर्च स्वीकृत गर्ने सम्बन्धमा ।
८. विनियम, नीति, कार्यविधि, निर्देशिका तथा पत्र–परिपत्र पारित गर्ने सम्बन्धमा ।
९. सेवा केन्द्रको लागि जग्गा खरिद गर्ने सम्बन्धमा ।
१०. कार्यकारी प्रमुख तथा सञ्चालक समितिको सेवा सुविधा तथा भत्ता पुनरावलोकन गर्ने सम्बन्धमा ।
११. साधारणसभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधिहरुको चयन गर्ने सम्बन्धमा ।
१२. विविध ।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड
केन्द्रीय कार्यालय बिर्तामोड–२, चारपाने, झापा
Comments