Sajhamanch Archive

कर्णाली साकोसको साधारणसभा सम्बन्धी जरुरी सूचना

Published: in विज्ञापन, सहकारी by .

कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड

बिर्तामोड–४, झापाको

२०औं साधारणसभा सम्बन्धी जरुरी सूचना

मितिः२०७७/०८/१६

विगत वर्षहरु जस्तै भब्यरुपमा साधारणसभा सम्पन्न गर्न असम्भव भएकोले यस संस्थाको २०औं वार्षिक साधारणसभा कोभिड–१९ को वर्तमान विषम् परिस्थितिमा नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय साथै सहकारी विभागद्वारा जारी परिपत्र समेतका आधारमा तपशिल अनुसार गर्ने निर्णय भएको हुँदा सम्बन्धि शेयर सदस्यहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

१. सााधारणसभाका लागि तयार गरिएको प्रतिवेदन वि.स. २०७७/०८/१६ गतेबाट सदस्यहरुलाई वितरण गर्न प्रारम्भ गरिएको छ । सबै शेयर सदस्यहरुहरु सम्बन्धित सेवा केन्द्रमा सम्पर्क गरेर प्रतिवेदन लिर्नहुन सूचित समेत गरिन्छ ।

२. संस्थाले जारी गरेको आ.व. २०७६/०७७ को वार्षिक प्रगति प्रतिवेदन संस्था अन्तर्गतका सबै सेवा केन्द्रहरुबाट कार्यालय समयमा प्राप्त गर्न सकिनेछ ।

३. संस्थाको तर्फबाट सार्वजनिक वा वितरित प्रतिवेदनमा उल्लेखित कुनै विषयमा आफ्ना सुझावहरु पेस गर्नुपर्ने भए सदस्यहरुले मिति २०७७/०८/३० गते कार्यलय समयमा आफ्ना सुझाव, जिज्ञासा तथा टिप्पणीहरु लिखितरुपमा नजिकको सेवाकेन्द्र कार्यलयमा बुझाउन वा संस्थाको आधिकारिक इमेल ठेगाना [email protected] मा इमेल गर्न सकिनेछ ।

४. वि.स. २०७७ पुष ४ गते शनिबार बिर्तामोड–४ स्थित आदर्श ब्याङक्वेटमा साधारणसभाको आयोजना गरिनेछ ।

५. साधारणसभाको माइन्युट प्रमाणित प्रयोजनका लागि संस्था अन्तर्गत सबै सेवाकेन्द्र कार्यालयहरुबाट प्रतिनिधि छनौट गरिनेछ ।

६. छनौट भएका प्रतिनिधिहरुले आ–आफ्नो कार्यालयसँग सम्बन्धित टिपोट तथा टिप्पणीहरु आफ्नो सेवा केन्द्रमा २०७७/०८/३० गते भित्रमा बुझाउन सकिनेछ ।

७. प्रत्येक कार्यालयबाट माइन्युट प्रमाणितका लागि छनोट भएका प्रतिनिधिहरुले साधारणसभामा उपस्थित हँदा आ–आफ्नो कार्यालयमा भएका छलफलको टिपोट एवम् उठाइएका जिज्ञासा तथा टिप्पणीसहित उपस्थित भई उक्त्त विषयहरुलाई प्रस्तुत गर्नुपर्नेछ ।

८. वि.स. २०७७ पुष ४ गते शनिबार हुने साधारणसभाको विद्युतीय माध्यममार्फत् प्रत्यक्ष प्रशारण गरिनेछ ।

 

नि. कार्यकारी अधिकृत

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *