Sajhamanch Archive

राज्यमन्त्री गजमेरद्वारा ९ वर्षदेखि थलापरेका भोजपुरका राईको उद्धार

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by .

विराटनगर । भोजपुरको षडानन्द नगरपालिकाका ४ का ७० वर्षीय रामबहादुर राईको उद्धार गरिएको छ । विगत ९ वर्षदेखि बिरामी परेका उनको प्रदेश १ सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले आज उद्धार गरेकी हुन् ।

आर्थिक अवस्था कमजोर भएका कारण राईको उपचारमा समस्या हुँदै आएको छ । घरमा भएको एकमात्र सन्तान छोरा पनि मानसिक रोगी भएका कारण राईको उपचार र पालन पोषणमा समस्या भएपछि राज्यमन्त्री गजमेरको पहलमा दुवैजनालाई उद्धार गरी विराटनगरको मानव सेवा आश्रममा ल्याइएको हो ।

राईको उद्धार गर्दै राज्यमन्त्री गजमेरले स्वास्थ्य उपचार र रेखदेखको काम सरकारले गर्ने बताएकी छन् । सहयोगापेक्षी तथा सडक आश्रित व्यक्तिहरुको उद्धार तथा पुनस्र्थापनाको काममा प्रदेश सरकार लागेको उनको कथन छ ।

सामाजिक विकास मन्त्रालयले मानव सेवा आश्रमसँगको सहकार्यमा सहयोगापेक्षी तथा सडक आश्रितको उद्धार गर्दै आएको गजमेरले जानकारी दिएकी छन् । करिव २ महिना अघि राईको स्वास्थ्यमा समस्या भएपछि स्थानीय खार्तम्छा स्वास्थ्य चौकीले प्राथमिक उपचार गरेको थियो ।

उद्धार गरिएका राई स्वास्थ्य परीक्षण पछि रोगबारे थाहा हुने मानव सेवा आश्रम प्रदेश १ संयोजक नवराज केसीले जनाएका छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *