कर्णाली साकोसद्वारा मृतक सदस्यको परिवारलाई २५ हजार रुपैयाँ प्रदान
Published:
by .दमक । बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले लखनपुरका एक परिवारलाई २५ हजार रुपैयाँ काजकिरिया खर्च प्रदान गरेको छ ।
संस्थाका सेयर सदस्यका परिवारमा कसैको मृत्यु भएमा सिदाखर्च दिने कर्णाली साकोसको नीति अनुरुप लखनपुर सेवा केन्द्रका संयोजक गौरीमान फागोका बुबा हर्कप्रसाद फागोको निधनमा शोक व्यक्त गर्दै किरिया खर्च प्रदान गरिएको हो ।
फागोको निधनको चौथो दिनमा गौरीमानको घरमै पुगेर सहकारीले २५ हजार रुपैयाँ प्रदान गरेको कर्णाली साकोस लखनपुर सेव केन्द्रका व्यवस्थापक बिजु आचार्यले जानकारी दिए । सहकारीका सदस्य परिवारमा मृत्यु भएमा सिदा खर्च बापत दिइने रकम सहकारीको टोली फागोको घरमै पुगेर उपलब्ध गराइएको उहाँले बताए ।
कर्णाली साकोसका अध्यक्ष टसबहादुर श्रेष्ठ, उपाध्यक्ष ईस्वरीप्रसाद खरेल, सचिव भुपाल बस्नेत, कोषाध्यक्ष एकराज विष्टसहित सञ्चालक र कर्मचारीहरुको टोली फागोको घरमै पुगेर समबेदना पत्रसहित काजकिरिया खर्च हस्तान्तरण गरिएको सेवा केन्द्र व्यवस्थापक आचार्यले बताए ।
Comments