Sajhamanch Archive

इस्टु झापाको खोजीः पूर्ण पारिश्रमिक नदिनेलाई श्रमले किन कारवाही नगरेको ?

Published: in अर्थतन्त्र, राजनीति, शिक्षा, समाज by .

भद्रपुर । झापामा कार्यरत संस्थागत विद्यालयका शिक्षक कर्मचारीले जोखिम मोलेर विद्यालयमा भौतिक रूपमा शिक्षण गरिरहेका भए पनि पूर्णरूपमा पारिश्रमिक नपाएको उजुरीको बारेमा श्रम तथा रोजगार कार्यालय भद्रपुरमा प्रगति विवरण बारे उजुरी समितिले खोजविन सुरू गरेको छ ।

कोभिड १९ संक्रमणको बाहना बनाएर विद्यालय सञ्चालकहरूले शिक्षक कर्मचारीलाई पूर्ण पारिश्रमिक दिन आनकानी गरेपछि असोज अन्तिम साता झापा प्याब्सन तथा एन प्याब्सन बिरूद्ध इस्टु झापाले उजुरी दिएको थियो । सो संस्थाको उजुरी समितिले हालसम्म पनि पूर्ण पारिश्रमिक नपाएपछि नियामक श्रम तथा रोजगार कार्यालय भद्रपुरमा प्रगति विवरण माग गरेको हो ।

उजुरी समितिका संयोजक राजु बरालले श्रम तथा रोजगार कार्यालय भद्रपुरका प्रमुख दुर्गाप्रसाद आचार्यसँग वौद्धिक श्रमिक शिक्षक कर्मचारीको पूर्ण पारिश्रमिकका लागि दुई महिने अवधिमा के के प्रगति भयो भन्ने जिज्ञासा राखेका हुन् ।

उनको प्रश्न पछि कार्यालय प्रमुख आचार्यले प्याब्सन, एन प्याब्सन झापाको कार्यालयमा स्पष्टिकरण पत्र बुझाउनलाई पटकपटक कार्यालयमा पुगिए पनि ताला बन्दको अवस्था पाइएकोले इमेत मार्फत चिठी पठाइएको जानकारी दिँदै जवाफ नआएकोले नयाँ सिराबाट कारवाही प्रकृयामा जाने तयारी थालेको बताए ।

गत असारदेखि नै वैकल्पिक शिक्षण गराइरहेका झापाका अधिकांश विद्यालयमा मंसिर दोश्रो साताबाट भौतिक रूपमै कक्षा सञ्चालन भइरहेका छन् । यस बीचमा झापाका कुनै पनि विद्यालयले शिक्षक कर्मचारीलाई पूर्ण पारिश्रमिक दिएको अवस्था छैन भने विद्यार्थीबाट चाहिँ पूर्ण शुल्क उठाइरहेको पाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *