Sajhamanch Archive

जाडो बढेसँगै जनजीवन कष्टकर बन्दै

Published: in मुख्य समाचार, समाज, by .

झापा । जाडो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ ।

केही दिन अघिबाट मौसममा आएको परिवर्तनको कारणले जनजीवन नराम्ररी प्रभावित बनेको हो ।
आर्थिक अवस्था कमजोर भएका, बस्ने घरको उचित व्यवस्था नभएका, सुकुम्बासी, बृद्दबृद्दा, बालबालिका, गर्भवती महिलालाई बढी कष्ट भएको पाइएको छ ।

चिसो बढेसँगै रुघा खोकी, घाँटीको समस्या, निमोनिया लगायतको समस्याहरु देखापर्न थालेको उपचारार्थ अस्पताल आउनेहरुको संख्या बढ्न थालेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । चिसोका कारण अस्पतालमा बिरामीको चाप वृद्धिसँगै शैयाहरुको अभाव हुने अवस्था समेत आएको जानकारी बताइएको छ । कोरोना त्रासका कारण अन्य बिरामीहरुको समेत राम्रो उपचार हुन नसकिरहेको बेला चिसोका कारण बिरामी हुनेहरुको संख्या पनि बढ्न थालेको हो ।

आज बिहान झापामा हिजो अस्तिको भन्दा चिसो बढेकाले ठाउँठाउँमा आगो बालेर तापेको देखिन्थो । मौसममा आएको उतारचढावका कारण दिन प्रतिदिन तापक्रममा गिरावट आइरहेको छ मौसमविद् रिता मानन्धरले बताएकी छिन् ।

चिसोका कारण बजार, सार्वजनिक स्थल र सरकारी कार्यलयहरुमा सेवाग्राहीको चहल पहलमा समेत कमी आएको छ । नेपालको पूर्वी तथा पश्चिमी तराई भूभागमा हुस्सु तथा कुहिरो लागिरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कुनै उल्लेखनीय मौसमी प्रणाली छैन ।

आज दिउँसो प्रदेश नं १ तथा गण्डकी प्रदेशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । राती देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

दैनिक तापक्रमको गिरावटका कारण चिसो बढ्दै गएकाले त्यसबाट बच्ने उपाय अपनाउन महाशाखाले अनुरोध गरेको छ । तराईका अधिकांश तथा पहाडका केही भूभागहरुमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने संभावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *