Sajhamanch Archive

वाणिज्य संघ र युनिकम नेपालबीच सात वुँदे समझदारी

Published: in अर्थतन्त्र, मुख्य समाचार, राजनीति, समाज by .

बिर्तामोड । व्यापार–व्यसाय क्षेत्रमा कार्यरत कामदार–कर्मचारी र व्यवसायीवीच उत्पन्न हुने विवादलाई सामाजिक संवादका माध्यमबाट दीगो समाधानका लागि सात वुँदे समझदारी भएको छ । व्यापार क्षेत्रमा कार्यरत कर्मचारीको ट्रेड युनियन युनिकम नेपाल र बिर्तामोड उद्योग वाणिज्य संघबीच शनिबार समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

विवाद तथा समस्या समाधानका लागि विभिन्न चरणको वार्ताबाट तय भएको दुई पक्षीय समझदारी पत्रमा बिर्तामोड उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष कुमार भट्टराई र युनिकम नेपालको तर्फबाट केन्द्रीय अध्यक्ष गजेन्द्रबहादुर पौडेलले हस्ताक्षर गरेका छन् ।

समझदारी पत्रमा हस्ताक्षरपछि युएनआई नेपालका अध्यक्ष शंकर लामिछाने, बिर्तामोड नगरपालिकाको तर्फबाट उपप्रमुख पवित्रा महतारा प्रसाईं, झापाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही, श्रम तथा रोजगार कार्यालय मेचीका मातृका कट्टेल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले विवाद समाधानमा भएको उक्त प्रक्रिया र उपलब्धीको सराहना गरेका थिए ।

समझदारी–पत्र युएनआई नेपालको तर्फबाट अध्यक्ष शंकर लामिछाने, बर्तामोड नगरपालिकाको तर्फबाट उपप्रमुख पवित्रा महतारा प्रसाईं, श्रम तथा रोजगार कार्यालय मेचीको तर्फबाट मातृका कट्टेलले रोहबरमा हस्ताक्षर गरेका छन् । समझदारीले व्यवसायी तथा कर्मचारीबीचको सम्बन्ध सुमधुर हुने बताइएको छ ।

प्रचलित श्रम कानून तथा योगदानमा आधारित सामाजिक सुरक्षा कोषको प्रभावकारी कार्यान्वयनका लागि वाणिज्य संघ, मजदूर र युनिकमले समन्वय गर्ने कार्य महत्वपूर्ण भएको छ । व्यवसायीका अधिकार र कर्तव्य उल्लेख गर्दै अगाडि बढ्ने सहमति भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *