Sajhamanch Archive

नेउवासंघ प्रदेश १ को अध्यक्षमा भद्रपुरका घिमिरेको नाम सिफरिस

Published: in अर्थतन्त्र, प्रदेश तह, राजनीति by .

भद्रपुर । नेपाल उद्योग वाणिज्य महासंघको महाधिवेशन सकिएसँगै प्रदेश १ मा उद्योगी–व्यसायीबीच चुनावी चहलपहल शुरु भएको छ । यही पुस ११ गतेका लागि नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को निर्वाचन हुने भएपछि उद्योगी–व्यसायी माझ चुनावी चहलपहल बढेको हो ।

यसै क्रममा, झापा उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को आसन्न निर्वाचनमा अध्यक्ष पदको उम्मेदवारका लागि संघका पूर्व अध्यक्ष राजेन्द्रकुमार घिमिरेको नाम सिफारिश गर्ने निर्णय गरेको छ । संघको सभाहलमा आइतबार अध्यक्ष नवराज पनेरुको अध्यक्षतामा सम्पन्न नियमित मासिक बैठकमा कार्यसमितिले मताधिकारसहित घिमिरेको नाम सर्वसम्मत निर्णय गरेको महासचिव पंकज शर्माले बताए ।

सर्वसम्मत सिफारिश गरिएका घिमिरे दुई कार्यकाल झापा उद्योग वाणिज्य संघको नेतृत्व सफलतार्पूक निर्वाह गरिसकेका परिश्रमी उद्यमी हुन् । मुलुकमा माओवादी द्वन्द्व उत्कर्षमा रहेको बेला संघको अध्यक्ष रहेका घिमिरेले झापालाई बन्दमुक्त क्षेत्र बनाउन निकै प्रयास गरेका थिए ।

दुई कार्यकाल सकेर संघबाट विदा लिएपछि नेपाल अलैंची व्यवसायी महासंघको संस्थापक अध्यक्ष बनेर अलैंची व्यवसायी तथा किसानलाई गोलबद्ध गरी अलैंची क्षेत्रको समस्या समाधानमा महत्वपूर्ण भूमिका खेलेका घिमिरे स्पष्ट र प्रखर वक्ताका रुपमा पनि परिचित छन् ।

बैठकले हालै सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा केन्द्रीय सदस्यमा निर्वाचित संघका निवर्तमान अध्यक्ष उमेश डालमियालाई बधाई तथा शुभकामना पनि दिएको छ ।

संघको निर्णयलाई स्वागत गर्दै घिमिरेले आफू सदैव उद्योगी–व्यवसायीको पक्ष र हितमा उभिने गरेको स्मरण गराउँदै प्रदेशको नेतृत्व सम्हाल्ने असर पाए संस्थागत विकास र औद्योगिक–व्यासायिक हितका लागि समर्पित रहने प्रतिक्रिया दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *