बैठकमा ९० जनाभन्दा धेरै सांसदको सहभागिता रहेको दाबी गरिएको छ तर कतिजनाको हस्ताक्षर छ भन्ने यकिन भइसकेको छैन ।
प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठक सुरु
Published:
by .काठमाडौ । नेकपाको पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहको विघटित संसदमा प्रतिनिधित्व गर्ने सांसदहरू संसदीय दलको बैठक सुरु भएको छ ।
संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको एक हलमा सुरु भएको हो ।
यस बैठकले पुष्पकमल दाहाललाई आफ्नो समूहको संसदीय दलको नेता चयन गर्ने स्रोतले जनाएको छ ।
हिजो मंगलबार मात्र यस समूहले माधवकुमार नेपाललाई आफ्नो समूहको अध्यक्ष चयन गरेको छ ।
नेपाललाई अध्यक्ष र दाहाललाई संसदीय दलको नेता चयन गर्ने समझदारी उनीहरूबीच अघि नै भइसकेको र यसको निर्णयका लागि मात्र बैठक हुने स्रोतले जनाएको छ ।
नयाँ पत्रिका
Comments