Sajhamanch Archive

सिम्रिक साकोसका कार्यालय प्रमुखहरुको समीक्षा गोष्ठी सम्पन्न

Published: in अर्थतन्त्र, सहकारी by .

बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले शाखा प्रमुखहरुसँगको तीन दिने समीक्षा गोष्ठी आज सम्पन्न गरेको छ ।

संस्थाको कारोबारलाई थप ब्यवस्थित बनाउँदै अत्याधुनिक प्रविधि अवलम्बन गर्न तथा सञ्चालक समितिले बनाएको वार्षिक कार्ययोजनालाई सफल बनाउन शाखा प्रमुखहरुसँग छलफल गरिएको कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले बताएका छन् ।

समीक्षा गोष्ठीको तेस्रो दिन संस्थाका कार्यकारी प्रमुख बस्नेतले सिम्रिक साकोसको रणनीतिक योजनामाथि बिस्तृतमा छलफल गरेका थिए । संस्थाले निर्धारण गरेको वित्तीय लक्ष्य पछ्याउन हरेक कर्मचारीको उत्तिकै योगदान हुनुपर्ने औंल्याउँदै कार्यकारी प्रमुख बस्नेतले यसको नेतृत्व शाखा प्रमुखहरुले लिनु पर्ने निर्देशन गरे ।

समीक्षा गोष्ठीको दोस्रो दिन हिजो सेवाकेन्द्र स्तरीय कारोबारमाथि विश्लेषण गरिएको थियो । संस्थाले प्रत्येक सेवा केन्द्रलाई वार्षिक लक्ष्य दिएकाले त्यसलाई पछ्याउन आपसी सहयोग हुनुपर्ने गोष्ठीमा निश्कर्ष निकालिएको थियो ।

यसैगरी पहिलो दिनको समीक्षा गोष्ठीमा संस्थाले प्रयोग गरिरहेको सहकारी लेखा राख्ने सफ्टवेर, त्यसका थप सुविधाहरुका बारेमा विभागीय प्रमुख यामबहादुर विष्टले सहजीकरण गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *