Sajhamanch Archive

सिम्रिक साकोसको सामाजिक उत्तरदायित्व खर्च १० लाखभन्दा बढी

Published: in मुख्य समाचार, समाज, सहकारी by .

बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व एवम् सदस्य अभिभावकत्व शीर्षकमा गत मंसीर महिनामा ८ लाख ४ हजार ६९५ रुपैयाँ सदस्यमाझ वितरण गरेको छ ।

चालू पुष महिनामा यस्तो सुविधा वापत तीन लाख ९५ हजार २१० रुपैयाँ सदस्यमाझ हस्तान्तरण भइसकेको लेखा विभाग प्रमुख प्रधानले जानकारी दिएकी छन् ।

लेखा विभाग प्रमुख प्रधानका अनुसार सदस्य वा उनको परिवारका कोही सदस्य बिरामी भएमा उपचार सुविधा, मृत्यु भएमा मृत्यु राहत तथा ऋणि सदस्यको मृत्यु भएमा कर्जा मिनाहा गर्दा उत्तर रकम खर्च भएको हो ।

यसैबीच, सिम्रिक साकोसले पुष १४ गते सोमबार गोलधाप सेवा केन्द्र अन्तरगत एकै परिवारका तीनजना सदस्यलाई ४५ हजार रुपैयाँ उपचार सुविधा प्रदान गरेको छ ।

सेवा केन्द्र प्रमुख गोपाल विष्टका अनुसार शेयर सदस्य हरिमाया आचार्यलाई पत्थरीको शल्यक्रिया गर्न २२ हजार ५०० रुपैयाँ प्रदान गरिएको छ । सोही परिवारका अर्जुनकुमार आचार्यकी श्रीमतीको उपचार सहयोग वापत ११ हजार २५० र निरु आचार्यकी सासूआमाको उपचार खर्च सहयोग वापत ११ हजार २५० रुपैयाँ गरी एकमुष्ठ ४५ हजार रुपैयाँ हस्तान्तरण गरिएको हो ।

संस्थाका सचिव इन्द्रबहादुर कार्कीसहित विभागीय प्रमुख र कर्मचारीहरुले सो सेवा केन्द्रका तीनजना सदस्यहरुलाई पनि सोमबार नै सुत्केरी पोषण खर्च वापत जनही १५ सय रुपैयाँ प्रदान गरेका छन् ।

पुष १४ गते सोमबार नै संस्थाले शनिश्चरे सेवा केन्द्रका सदस्य पुष्पा दाहालको पित्तथैलीको शल्यक्रिया वापत २२ हजार ५०० रुपैयाँ र दुहागढी सेवा केन्द्रका सदस्य लक्ष्मी राईलाई अस्पतालको बेडचार्ज वापत २० हजार रुपैयाँ प्रदान गरिएको छ ।

संस्थाका विभागीय प्रमुख विजय बस्नेतका अनुसार बिर्तामोड सेवा केन्द्रका सदस्य डम्बरकुमारी रिमालको छोराको टाउकोको शल्यक्रिया उपचार राहत वापत १७ हजार ५०० रुपैयाँ प्रदान गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *